कृष्ण देव रिमाल, काठमाडौं
१
नाच्नु कसरी ?
चिमोट्नेको बीचमा
बाँच्नु कसरी ?
२
बाठो बन्दैछ
यो देशको मसिहा
मै हुँ भन्दैछ ।
३
काम चाहिन्छ
राष्ट्र सेवा गरे पो
मान पाइन्छ ।
४
मुख चलायो
मेरो जन्मभूमिको
मस्ती गलायो ।
५
हात चलाऊ
मिहिनेत गरेर
अन्न फलाऊ ।
६
माटो ढोगे पो
माफी दिन्छिन् आमाले
युवा रोके पो ।
७
हात चलाए
आफ्नै बारी बाँझो छ
फल्छ फलाए ।
८
हाँस्नै पर्दछ
दिव्य हाँसो फक्रेर
रोग टर्दछ ।
९
शब्द पोखेको
जान्नेबुझ्ने समक्ष
भाव जोखेको ।
१०
जतै भट्टी छ
हाम्रो राजधानी यो
हल्लन्टट्टी छ ।
वि.सं.२०८० मंसिर ९ शनिवार ०८:३७ मा प्रकाशित






























