back
CTIZAN AD

कविता : आमा

वि.सं.२०८० मंसिर १६ शनिवार

2.1K 

shares

अलख निरन्जन लोहार,टीकापुर, कैलाली

राख्यौ साहस साथमा उदरमा, पीडा सहेरै कति,
मैले चोट दिए हुँला उसघडी, मुड्की र लात्ती अति,
हाँस्थ्यौ खित्खित सम्झदैँ दिनदिनै, सन्तानको जीवनी,
आँखाभित्र उनेर लाख सपना, पूरा हुनेछन् भनी ।।

मेरो भोक र प्यास निम्ति जहिल्यै, त्यो ज्यान आधा भयो,
कामैकाम सदैव सन्तति भनी, त्यो जिन्दगानी गयो,
मेरो श्वास सहासको कवच हौ, विश्वास जन्मान्तर,
मेरो मन्दिर तिर्थ स्वर्ग र सुधा, आमा तिमी ईश्वर ।।

यो संसारभरी समस्त बलकी, सौगन्ध उद्यान हौ,
मेरो चाँद अनन्य पूर्ण सविता, उर्जा कला ज्ञान हौ,
आमा हौ बहुमूल्य वस्तु गुणमा, आभा सदा खुल्दछ,
सारा विश्व ब्रह्माण्ड सार असली, आमा हुँदा खुल्दछ ।।

हेर्दै वस्छु जता चराचर भरी, आमा तिमी पाउँछु,
मेरो चित्त सगर्व शान्ति सँगमा, आमातिरै लाउँछु,
मेरो धाम धर अपार महिमा, आमा तिमी जीवनी,
मेरो प्राण तिमी नसा रगत हौ, बिर्सन्न कैले पनि ।।

आशीर्वाद रहोस् सदैव शिरमा, आत्मीय सेवा गरूँ,
पाऊँ देख्न समीप नित्य सजिलै, माया म गाढा भरूँ,
आओस् उज्ज्वल कर्ममा सफलता, हाँस्दै रमूँ काखमा,
के चाहिन्छ अरू हुनेछ मनको, आमा भए साथमा ।।

छन्द : शार्दूलविक्रीडित

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:१२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...