back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ असार २२ शनिवार

1.4K 

shares

नवराज भट्ट
कञ्चनपुर हाल काठमाण्डौ 


जवानी ढल्यो
बुढो हुँदा थाहा भो
मन यो गल्यो ।

२.
पोल्छ धनले
गाह्रो हुन्छ सम्हाल्न
भन्छ मनले ।

३.
प्राणी मर्दछन्
मृत्यु कहीँ टर्दैन
मर्दा तर्दछन् ।

४.
नाम चढ्नेको
घोडाको छ सवारी
ध्यान बढ्नेको ।

५.
खेल्छ सिकार
पापको छ कमाई
तुच्छ विचार ।

६.
द्रव्यमा रम्ने
एक दिन सकिन्छ
जुवामा जम्ने ।

७.
गर्मी धेैरै छ
बस्न गाह्रो भएको
वर्षा थोरै छ ।

८.
नेता रमाए
पेशा नेतागिरी छ
पैसा कमाए ।

९.
खोज्दैछन् काम
युवा गए विदेश
आशामा दाम ।

१०.
हत्यारा घुम्छन्
निर्मलालाई मारे
खुट्टामा चुम्छन् ।

वि.सं.२०८१ असार २२ शनिवार ०७:३९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...