back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार २२ शनिवार

1.9K 

shares

कुशलनाथ योगी
रास्कोट नगरपालिका–३, कालीकोट

तिम्रो कदम परेको बाटो धाएँ फेरि
सम्झिन्नँ तिमीलाई भन्थेँ सम्झेँ फेरि

ढुङ्गाझैँ झल्कोले छातीमा हिर्कायो
मैले आफूलाई सीसा ठानेँ फेरि

यसरी पागल भएछु तिम्रो मायामा म
केवल रक्सी पिउँथेँ हातै काटेँ फेरि

सोध्यौ अझै मलाई सम्झन्छौ र तिमीले
कहिल्यै सम्झिन्नँ भनी झूटो बोलेँ फेरि

पवित्र दिलमा तिम्रो नामै लेख्ने मन थ्यो
त्यो स्थान बनाएनौ ञआमाझ लेखेँ फेरि

के फुल्ला के फल्ला फक्री मायाको बिज
मुना झरेको उजाड दिलमा रोपेँ फेरि

त्याग्नेले कोइला होस् भनेर त्यागेको थ्यो
म कोहिनूर पो रहेछु ऐना हेरेँ फेरि ।

बहर : मीर (२४ मात्रा)

 

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...