back
CTIZAN AD

कविता : म काव्य रोप्दछु

वि.सं.२०८१ असार २२ शनिवार

2K 

shares

कल्पना भट्टराई, टोखा, काठमाडौं

मडारिएर व्योममा घना घना छ बादल ।
किसान छन् खुसी खुसी झरेर निर्झरी जल ।
मिलेर खेतका गरा छ रोप्नु याम छोप्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।१।

जलाम्य मेदिनी भईन् उमार्न अन्न तत्पर ।
नदी समान झार्दछन् किसान स्वेद तर्तर ।
बनी अदम्य साहसी किसान कर्म रोज्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।२।

मिलाउँनै छ अन्नको जुगाड वर्ष वर्षको ।
किसान निम्ति बन्छ यो विशिष्ट पर्व हर्षको
असार गीत गाउँदै डुबी म अर्थ खोज्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।३।

छरेर वीज अन्नको मुरी मुरी फलाउनु ।
यसै गरी गरी सधैँ छ जिन्दगी चलाउनु ।
कहाँ छ मूल्य मान्यता म भित्र भित्र सोच्दछु
असार मास धानका सँगै म काव्य रोप्दछु ।४।

फुटेर मूल कन्दरा पहाडका कुना गरा ।
परोपकार गर्नमा रमाउँछिन् वसुन्धरा ।
छ सारहीन भन्दछन् असार छक्क पर्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।५।

स्व–रोजगारमा जुटौँ किसान भै सँधैभरि ।
असारमा नहोमिए कसार मिल्छ के गरी ?
धरा सुरम्य देखिईन् म विम्बमा समेट्दछु ।
असार मास धानका सँगै म काव्य रोप्दछु ।६।

छन्द : पञ्चचामर
गण : ज र ज र ज गु
सङ्केत : lSl  SlS  lSl  SlS  lSl  S

वि.सं.२०८१ असार २२ शनिवार ०७:४१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...