back
CTIZAN AD

सुरक्षाका लागि विद्यार्थी नेतालाई पक्राउ गरिएको बङ्गलादेशको प्रशासनको दाबी 

वि.सं.२०८१ साउन १३ आइतवार

789 

shares
ढाका । बङ्गलादेशमा निजामती सेवामा आरक्षण (कोटा) प्रणालीको विरोधमा भएको प्रदर्शनले देशव्यापी अशान्ति मच्चाएपछि तीन विद्यार्थी नेतालाई उनीहरूको सुरक्षाका लागि नै हिरासतमा लिइएको बङ्गलादेशको प्रशासनले जनाएको छ ।
‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का प्रमुख नाहिद इस्लाम र प्रदर्शन समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको र सादा पोशाकमा आएका प्रहरीले उनीहरूलाई लिएर गएका थिए ।
सडक प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । अस्पताल र प्रहरीले एएएफपीलाई दिएको तथ्याङ्कअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही दिनयता चलेको झडपमा कम्तीमा २०१ जनाको मृत्यु भएको थियो ।
इस्लामले यसै साताको सुरूमा एएफपीसँग कुरा गर्दै उनको राजधानी ढाकाको एक अस्पतालमा उपचार भइरहेको  बताएका थिए ।
इस्लाम र उनका दुई सहकर्मीलाई हिरासतमा लिएको भन्ने कुरा प्रहरीले सुरुमा अस्वीकार गरेको थियो तर गृहमन्त्री असदुज्जमान खानले शुक्रबार अबेर पत्रकारसँग कुरा गर्दै भने, “केही मानिसहरूले उनीहरूलाई धम्की दिएको र उनीहरूले असुरक्षित महसुस गरिरहेको सूचनापछि सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको हो ।”
उनले भने,“उनीहरूको सुरक्षाको लागि धम्की कसले दिइरहेको छ भनेर पत्ता लगाउन सोधपुछ आवश्यक छ । सोधपुछपछि हामी अर्को कदम चाल्नेछौँ ।”
खानले तीनै जनालाई औपचारिक रुपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गर्नुभएको छैन ।
गत हप्ता ढाकाका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच सडक सङ्घर्ष भएको र सरकारी भवन र प्रहरी चौकीमा आगजनीसमेत भएको थियो ।
आन्दोलनमा सहभागिता बढ्न थालेपछि हसिना प्रशासनले सेना परिचालन गरेको, देशव्यापी इन्टरनेट अवरोध गरेको र शान्ति बहालीका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।
प्रहरी र सरकार समर्थित विद्यार्थी समूहले गत हप्ताभन्दा पहिले शान्तिपूर्ण रूपमा रहेको ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’द्वारा आयोजित सडक ¥यालीमा आक्रमण गरेपछि अशान्ति सुरु भएको थियो ।
समूहका प्रमुख संयोजक २६ वर्षीय इस्लामले सोमबार अस्पतालको शय्याबाट एएफपीसँग कुरा गर्दै उहाँको जीवनमाथि खतरा रहेको  बताएका थिए ।
दुई दिनअघि प्रहरी जासुस दावी गर्ने एक समूहले आफूलाई आँखामा पट्टी बाँधी,  हत्कडी लगाई अर्को दिन बिहान रिहा हुनुअघि यातना दिन अज्ञात स्थानमा लगेको  उनले बताए ।
प्रदर्शनको नेतृत्व गरेका अर्का सदस्य आसिफ महमुदले एएफपीसँग कुरा गर्दै गत साताको अशान्तिका बेला आफूलाई पनि प्रहरीले हिरासतमा लिएको र कुटपिट गरेको बताएका थिए ।
अशान्ति सुरु भएयता प्रहरीले कम्तीमा चार हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।
“हामीले राजधानीमा छापा मारेका छौँ र अपराधीलाई पक्राउ नगरेसम्म हामी छापा मार्ने क्रम जारी राख्नेछौँं,’ ढाका महानगरीय प्रहरीका संयुक्त आयुक्त विप्लवकुमार सरकारले एएफपीसँग बताए ।
उनले सुरक्षाकर्मीले सामान्य विद्यार्थीलाई पक्राउ नगर्ने तर सरकारी सम्पत्तिमा तोडफोड गर्ने र आगजनी गर्नेहरूलाई मात्र पक्राउ गरिने बताए । (रासस/एएफपी)

वि.सं.२०८१ साउन १३ आइतवार ०९:४० मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...