back
CTIZAN AD

आर्कटिक क्षेत्रहरूमा जलवायु परिवर्तनको अध्ययन गर्ने रुसको घोषणा

वि.सं.२०८१ साउन १४ सोमवार

921 

shares
मस्को ।  रुसी विज्ञहरूले आर्कटिक क्षेत्रहरूमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने रुसी एकेडेमी अफ साइन्सेसको शिर्शोभ इन्स्टिच्युट अफ ओशनोलोजीले घोषणा गरेको छ ।
प्रसिद्ध रूसी अनुसन्धान पोत मस्टिस्लाभ क्लेडिश राष्ट्रिय जलवायु अनुगमन कार्यक्रमको एक भागका रूपमा हरितगृह ग्यास उत्सर्जन अध्ययन गर्न बेरेन्ट र कारा समुद्रका लागि एक अभियानमा मरमन्स्कदेखि प्रस्थान गरेको एक विज्ञप्तिमा संस्थानले जनाएको छ ।
वैज्ञानिकहरूले वायुमण्डलीय भौतिकी, हाइड्रो–रसायन विज्ञान, जलविद्युत् लगायतका क्षेत्रहरूमा अनुसन्धानसहित ‘जलवायुमा असर गर्ने सक्रिय पदार्थहरूको अध्ययनका लागि राष्ट्रिय एकीकृत प्रणाली’ नामक सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय परियोजनाअन्तर्गत कार्यान्वयन हुने धेरै क्षेत्रहरूमा अनुसन्धान गर्नेछन् । भौतिक विज्ञान, भूविज्ञान, भू–रसायन विज्ञान, प्यालियोसेनोग्राफी, रुस र नर्वे तथा र स्पिट्सबर्गन वरपरका आर्थिक क्षेत्रहरूमा हाइड्रोबायोलोजी र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक सामग्रीहरूको अध्ययन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
वैज्ञानिक मिसनले एट्लान्टिक महासागरको चिसो र तातो आर्कटिक पानी तथा मिथेन उत्सर्जनबीचको सम्बन्ध अध्ययन गर्न पानीको गहिराइमा डुब्ने उपकरणहरू प्रयोग गर्ने संस्थानले सङ्केत गरेको छ ।
उक्त परियोजनाले जलवायु परिवर्तनका प्रमुख चालकहरूमा स्वतन्त्र जलवायु पूर्वानुमान र अन्तर्दृष्टिहरू प्राप्त गर्न प्रयास गर्नेछ । साथै नतिजा प्राप्त तथ्याङ्कले कार्बन उत्सर्जन घटाउने र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने राष्ट्रिय नीति बनाउने प्रयासहरूको लागि आधारको रूपमा काम गर्नेछ । (रासस÷क्युएनए)

वि.सं.२०८१ साउन १४ सोमवार ०८:३७ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...