back
CTIZAN AD

अमेरिकी उपराष्ट्रपति ह्यारिसको चुनावी अभियान, २० करोड डलर सङ्कलन

वि.सं.२०८१ साउन १४ सोमवार

984 

shares
वासिङ्टन ।   अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनको दौडमा यो अचम्म पार्ने उपलब्धि हो ।
आइतबार आफ्नो पछिल्लो कोष सङ्कलनको घोषणा गरेको अभियानले चन्दाको ठूलो हिस्सा अर्थात ६६ प्रतिशत सन् २०२४ को चुनावी चक्रमा पहिलोपटक योगदानकर्ताहरूबाट आएको बताएको छ ।
राष्ट्रपति जो बाइडेनले दौडबाट बाहिरिने घोषणा गर्नुभएपछि र ह्यारिसलाई समर्थन गरेपछि उक्त अभियान बनाइएको थियो । एक लाख ७० हजारभन्दा धेरै स्वयंसेवकले ह्यारिस अभियानलाई फोन बैंकिङ, प्रचार र अन्य गेट–आउट–द–भोट प्रयासहरूमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । निर्वाचन हुन एक सय दिन बाँकी छ ।
अभियानका सञ्चार निर्देशक माइकल टायलरले भन्नुभयो, “उपराष्ट्रपति ह्यारिसका लागि गति र ऊर्जा वास्तविक छ र यो दौडमा आधारभूत कुराहरू पनि छन् ः यो निर्वाचन धेरै नजिक हुनेछ र केही राज्यमा थोरै मतदाताहरूले निर्णय गर्नेछन् ।” ह्यारिसले शनिबार म्यासचुसेट्सको पिट्सफिल्डमा अभियान सुरु गर्नुभयो र सयौँ मानिसलाई धन सञ्चय अभियानमा आकर्षित  गरे ।
उक्त स्थानमा राष्ट्रपति बाइडेन डेमोक्रेटिक टिकटको शीर्ष स्थानमा रहँदा अभियान सुरु गरिएको थियो । अभियानका अनुसार सुरुमा चार लाख डलर उठाउने अपेक्षा गरिए पनि करिब १४ लाख डलर सङ्कलन भयो । बाइडेन दौडबाट बाहिरिएपछि ह्यारिसले तुरुन्तै डेमोक्रेटिक समर्थन प्राप्त  गरिन् । जुन २७ मा ट्रम्पविरुद्ध लज्जास्पद बहस प्रदर्शनपछि बाइडेनको उम्मेदवारी असफल भएको थियो ।
पूर्वसभामुख न्यान्सी पेलोसी, सिनेटका बहुमत नेता चक सुमर, हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिज, पूर्व हाउस माइनरिटी ह्विप जिम क्लाइबर्न, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले ह्यारिसलाई तुरुन्तै समर्थन  गरे ।
पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामाले शुक्रबार आफ्नो समर्थनको घोषणा गरेकी छन् । ह्यारिसले शनिबार कोष सङ्कलन कार्यक्रममा चुनावी दौडमा ‘अन्डरडग’ रहको बताएकी थिइन् तर उनको अभियानले गति लिइरहेको छ ।
बाइडेनको बहिर्गमन र ह्यारिसको समर्थनपछि पहिलो २४ घन्टामा चन्दादाताहरूबाट १५ करोड डलर हासिल गरेको डेमोक्रेटिक राजनीतिमा सबैभन्दा ठूलो सुपर पिएसी फ्युचर फरवार्डले गत साता घोषणा गरेको थियो ।
ह्यारिस पार्टीको सम्भावित उम्मेदवारका रूपमा देखा परेपछि आफूहरूले समर्थनमा वृद्धि देखेको डेमोक्रेटिक हाउस र सिनेटका उम्मेदवारहरूले बताएका छन् । (रासस/एपी)

वि.सं.२०८१ साउन १४ सोमवार ०८:४३ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...