back
CTIZAN AD

पेरिसमा मङ्गलबार ओलम्पिक खेलकुदका क्रममा आँधी र गर्मीको चेतावनी जारी 

वि.सं.२०८१ साउन १५ मंगलवार

789 

shares
पेरिस ।   फ्रान्सको मौसम विज्ञान एजेन्सीले पेरिस र वरपरका क्षेत्रहरूमा ओलम्पिक खेलहरू आयोजना गर्ने क्रममा मङ्गलबार आँधी र ३५ डिग्री सेल्सियसको उच्च तापक्रमको सम्भावना रहेको चेतावनी जारी गरेको छ ।
फ्रान्सका अन्य ओलम्पिक स्थलहरूमा तापक्रम बढिरहेकाले एजेन्सीले राजधानीका लागि ‘पहेँलो चेतावनी’ (चार स्तरमा दोस्रो) राखेको छ । तातो अवस्था रातभर रहने पूर्वानुमान गरिएकाले विशेषरूपमा पेरिसका लागि पहेँलो चेतावनी जारी गरिएको थियो ।
एजेन्सीका अनुसार मध्यम चेतावनी स्तरको अर्थ मानिसहरूले खेल खेल्दा वा अन्य शारीरिक गतिविधिमा संलग्न हुँदा गर्मीको प्रभावप्रति ‘सतर्क’ हुनुपर्छ ।
मङ्गलबार दिउँसो बोर्डोमा स्पेन र इजिप्टबीच फुटबल खेल हुँदा अवस्था अझ तनावपूर्ण हुनसक्छ । मौसम एजेन्सीले मङ्गलबार दक्षिणपश्चिमी यस सहरमा ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताएको छ । लियोनका लागि यस्तै प्रकारको उच्च तापक्रमको पूर्वानुमान गरिएको छ । लियोनमा युक्रेनका फुटबलरहरू मङ्गलबार अर्जेन्टिनासँग भिड्नेछन् ।
ओलम्पिक सुटिङ कार्यक्रमहरू आयोजना गर्ने केन्द्रीय सहरमा मङ्गलबार तापक्रम ३६ डिग्री सेल्सियस पुग्नसक्ने पूर्वानुमानकर्ताहरूले बताएका छन् । खेलहरूअघि केही खेलाडीले उच्च तापक्रममा प्रतिस्पर्धा गर्ने शारीरिक हानि र गर्मीको स्ट्रोकको जोखिमलाई ध्यानमा राख्दै कार्यक्रमको समायोजन गर्न आग्रह गरेका थिए । (रासस/एएफपी)

वि.सं.२०८१ साउन १५ मंगलवार ०९:१४ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...