back
CTIZAN AD

अमेरिकी सर्वोच्च अदालतमा व्यापक सुधार गर्न बाइडेनको आह्वान 

वि.सं.२०८१ साउन १५ मंगलवार

855 

shares
वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अन्तिम छ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा सोमबार रूढिवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको अनावरण  गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि सम्भावित डेमोक्रेटिक उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिसद्वारा समर्थित प्रस्तावहरूमा बाइडेनले शीर्ष अदालतका लागि १८ वर्षको कार्यकालको सीमा र लागु गर्न योग्य आचार संहिताको माग गरे  ।
रिपब्लिकन उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको उन्मुक्तिको दाबीलाई समर्थन गर्ने अदालतको हालैको फैसलालाई उल्ट्याउनका लािग ८१ वर्षीय बाइडेनले संवैधानिक संशोधनसमेत चाहेका छन् ।
सर्वोच्च अदालतले गर्भपतनको राष्ट्रव्यापी अधिकार खारेज गर्ने र सर्वोच्च अदालतका आजीवन नियुक्त न्यायाधीहरू समावेश गर्नेसम्बन्धी घोटालाजस्ता अदालतका निर्णयहरूको शृङ्खलापछि बाइडेनको यो कदम आएको हो ।
योजनाहरूले गहिरोरूपमा विभाजित अमेरिकी कांग्रेसमार्फत प्राप्त गर्ने करिब कुनै अपेक्षा छैन तर सन् २०२४ नोभेम्बरको निर्वाचनमा डेमोक्रेटिक मतदाताहरूलाई प्रेरित गर्न सक्छ ।
“अहिले जे भइरहेको छ त्यो सामान्य छैन र यसले अदालतको फैसलाहरूमा जनताको विश्वासलाई कम गर्दछ जसमा व्यक्तिगत स्वतन्त्रतालाई प्रभावित गर्ने फैसला पनि समावेश छ”, वासिङ्टन पोस्टमा बाइडेनले राय दिँदै  भने, “हामी अब उल्लङ्घनमा खडा छौँ ।”
बाइडेनले प्रस्तावले ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति, सर्वोच्च अदालतको न्यायाधीश र कोही पनि कानूनभन्दा माथि छैन’ भन्ने सिद्धान्तलाई प्रतिबिम्बित गर्ने बताए ।
“राष्ट्रपति बाइडेन र मैले कांग्रेसलाई महत्त्वपूर्ण सुधारहरूलाई पारित गर्न आह्वान गरिरहेका छौँ”, ह्यारिसले छुट्टै विज्ञप्तिमा भनिन्, “यो लोकप्रिय सुधारले अदालतमा विश्वास पुनःस्थापित गर्न, हाम्रो लोकतन्त्रलाई बलियो बनाउन र कोही पनि कानूनभन्दा माथि छैन भन्ने सुनिश्चित गर्न मद्दत गर्नेछ ।”रासस/एएफपी

वि.सं.२०८१ साउन १५ मंगलवार ०९:२१ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...