back
CTIZAN AD

दिल्लीको एक सेल्टर होममा जुलाईमा १४ को मृत्यु

वि.सं.२०८१ साउन १९ शनिवार

954 

shares

नयाँदिल्ली । दिल्लीको रोहिणी क्षेत्रमा सञ्चालित आशा किरण सेल्टर होममा जुलाई महिनामा सबैभन्दा धेरै मृत्यु रेकर्ड गरिएको छ ।

आधिकारिक प्रतिवेदनअनुसार सन् २०२४ को फेब्रुअरीदेखि मृत्यु भएका कूल २५ मध्ये १४ (पुरुष–छ, महिला–आठ) जनाको मृत्यु सेल्टर होममा जुलाई महिनामा मात्र भएको छ । आशा किरण शेल्टर होमले दिल्ली सरकारलाई दिएको प्रतिवेदनमा पखाला, हल्का ज्वरो, बान्ता र बेहोसीका कारण मृत्यु भएको बताएको छ ।

“दिल्लीमा आशा किरण सेल्टर होम सञ्चालन भइरहेको छ । यहाँ बसोबास गर्नेहरू प्रहरीले उद्धार गरेका बेवारिस मानिस हुन् । जुलाईमा यहाँ एक शिशुसहित १४ जनाको मृत्यु भएको रिपोर्ट आएको छ ।

यसबारे छानबिन गरी २४ घण्टाभित्र प्रारम्भिक प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ”, उक्त घटनामा प्रतिक्रिया दिँदै दिल्लीका मन्त्री आतिशीले भने, “हामी शव परीक्षणको प्रतिवेदन पर्खिरहेका छौँ, म दिल्लीका जनतालाई आश्वासन दिन्छु कि कुनै लापरवाहीका कारण मृत्यु भएको प्रतिवेदन आयो भने संलग्न व्यक्तिलाई कारवाही गर्नेछौँ ।”

दिल्लीका उपराज्यपाल भि के सक्सेनाले आशा किरण सेल्टरमा भएका मृत्युसहित जिएनसिटिडीद्वारा सञ्चालित सबै सेल्टर होमहरूको अवस्थाको बारेमा एक साताभित्र बृहत् छानबिन गरी प्रतिवेदन पेश गर्न आग्रह गरेका छन् ।(रासस/एएनआई)

 

वि.सं.२०८१ साउन १९ शनिवार ०८:०२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...