back
CTIZAN AD

भारी वर्षाका कारण गत साता भारत र चीनमा २५० बढीको मृत्यु, यस्तो छ अन्य देशमा क्षति

वि.सं.२०८१ साउन १९ शनिवार

969 

shares

नयाँदिल्ली । भारत र चीनमा गत साता मुसलधारे वर्षाबाट दुई सय ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा अन्य तीन जनाको मृत्यु भएको छ ।

उत्तर कोरियामा चीनको सीमा नजिकै ठूलो बाढी आएको समाचार छ तर बाढीबाट कसैको ज्यान गएको छ वा छैन भन्ने कुनै जानकारी प्राप्त भएको छैन । वर्षको यो समय एसियामा मनसुन र आँधीको मौसम हो र जलवायु परिवर्तनले यस्ता आँधीहरूलाई तीव्र बनाएको छ ।

मुसलधारे वर्षाका कारण पहिरो र बाढीबाट बाली नष्ट भएको, घरहरू क्षतिग्रस्त भएको र मानिसहरूको ज्यान गएको छ । चीनको मौसम विज्ञान प्रशासनले गत महिना जारी गरेको प्रतिवेदनअनुसार चीनमा अत्यधिक गर्मी दिन र लगातार तीव्र वर्षा भइरहेको ऐतिहासिक तथ्याङ्कले देखाउँछ । मौसम विज्ञान प्रशानसनले दुवै अवस्था आगामी ३० वर्षमा अझ बढ्ने पूर्वानुमान गरेको छ । सरकारहरूले क्षति न्यूनीकरण गर्न विपद् रोकथाम योजनाहरू सुरु गरेका छन् ।

आँधी आउनुअघि मानिसहरूलाई बाहिर निकाल्न र विच्छेद भएका क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउन उद्धार टोलीहरूले प्रयास गरिरहेका छन् । चीनले वर्षा हुने प्रान्तहरूमा आपत्कालीन सञ्चारका लागि ड्रोन तैनाथ गरेको छ ।

भारत ः २०१ को मृत्यु, करिब २०० बेपत्ता मङ्गलबार बिहान भारी वर्षाले दक्षिणी भारतको केरल राज्यमा चिया बगान र गाउँहरूमा आएको बाढीले पुल र घरहरू क्षतिग्रस्त भएका छन् । चौथो दिनको खोजीमा जीवित मानिस भेटिने अपेक्षा कम भएको छ । मुख्य पहिरोबाट ३० किलोमिटर तल नदीमा शवहरू फेला परेका छन् । भारतमा मनसुनको मौसममा नियमितरूपमा बाढी आउँछ ।

बालीनालीका लागि महत्त्वपूर्ण मनसुनी वर्षा जुन र सेप्टेम्बरको बीचमा हुने गर्दछ । चीन : ४८ को मृत्यु, ३५ बेपत्ता गत साता पश्चिमी प्रशान्त क्षेत्र हुँदै आएको गेमी नामक आँधीबाट फिलिपिन्समा ३० भन्दा धेरै र ताइवानमा १० जनको मृत्यु भएको थियो ।

यद्यपि चीनमा उष्णकटिबन्धीय आँधी कमजोर भएपछि यो घातक भएको थियो । धेरै दिनसम्म चीनको हुनान प्रान्तका केही भागमा वर्षा भएको छ । आइतबार बिहान एक होमस्टेमा पहिरो जाँदा १५ जनाको मृत्यु भयो ।

हुनानका अन्य स्थानमा सोमबार तीन शव फेला परेका छन् । उनीहरू पनि पहिरोको शिकार भएको विश्वास गरिएको छ । नजिकैको जिक्सिङ सहरका अधिकारीहरूले बिहीबार बाढीबाट ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको घोषणा गरेका छन् ।

जलस्रोत मन्त्रालयले चीनमा यो वर्ष २५ वटा ठूला बाढी रेकर्ड गरेको छ । यो आँकडा सन् १९९८ मा तथ्याङ्क राख्न सुरु गरेयताको सबैभन्दा बढी हो । उत्तर कोरिया ः क्षति तर मृत्युको जानकारी छैन उष्णकटिबन्धीय आँधीका कारण उत्तर कोरियाको सीमामा रहेको उत्तरपूर्वी चीनमा भारी वर्षा हुँदा दुवै मुलुकलाई विभाजन गर्ने यालु नदीमा बाढी आयो ।

उत्तर कोरियामा वर्षाले चार हजार एक सय घर, तीन हजार हेक्टर खेत र धेरै सार्वजनिक भवन, सडक र रेल्वे डुबानमा परेका छन् । यहाँको सरकारी सञ्चारमाध्यमले मृत्युको बारेमा जानकारी दिएको छैन तर नेता किम जोङ उनले हताहतीको सङ्केत गरेका छन् ।

उनले ‘हताहतीलाई अनुमति दिन सकिँदैन’ भन्दै सार्वजनिक अधिकारीहरूमाथि विपद् रोकथाममा बेवास्ता गरेको आरोप लगाएका छन् ।

पाकिस्तान : तीनको मृत्यु पाकिस्तानमा बिहीबार लाहोर सहरमा रेकर्ड वर्षाले सडकहरू जलमग्न भएका छन् र कम्तीमा तीन जनाको मृत्यु भएको छ । लाहोरको केही भागमा केही घन्टाभित्रै तीन सय ५३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । यसले ४४ वर्ष पुरानो कीर्तिमान तोडेको छ । (रासस/एपी)

 

वि.सं.२०८१ साउन १९ शनिवार ०८:०७ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...