back
CTIZAN AD

चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, २४ अझै बेपत्ता 

वि.सं.२०८१ साउन १९ शनिवार

1.5K 

shares
बेइजिङ । दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्ग पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता भएका छन् ।
उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो । यो पुलको तीन लेनको खण्ड नदीमा खस्दा कार र ट्रकहरू बगेको सीसीटीभीले देखाएको छ ।
सिन्ह्वाका अनुसार शुक्रबार अधिकारीहरूले मृतकको सङ्ख्या १२ बाट बढाएर ३८ पुर्याएका छन् । चौबिस जना अझै बेपत्ता छन् । सिसिटिभीको रिपोर्टअनुसार पुल भत्किँदा २५ वटा सवारीसाधन बगेका छन् ।
चीनको पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छ भने उत्तरको अधिकांश भाग लगातार गर्मीको लहरमा डुबेको छ । मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भासिँदा ४८ जनाको मृत्यु भएको थियो । यस हप्ताको भारी वर्षाले मध्य चीनमा पनि कम्तीमा ३० जनाको मृत्यु भएको छ । (रासस÷एएफपी)

वि.सं.२०८१ साउन १९ शनिवार ०८:२२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...