back
CTIZAN AD

कविता : तीजको तरङ्ग

वि.सं.२०८१ भदौ १५ शनिवार

1.7K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक,झापा

भड्किलो तीज विकृति बिज सभ्यता फुल्दैन
सद्भाव बिना पर्वको रौनक ओठमा झुल्दैन
तृष्णाको आगो मनमा बल्छ चेतना बोल्दैन
चेतना बिना जीवनको कला केहीगरि खुल्दैन ।

सुख र दुःख वेदना पोख्नु तीजको पहेलि
कम्मर मर्काई नाचगान गर्न जुट्छन् रे सहेली
छनछन चुरा छमछम पाउजू संगीत छर्दछन्
युवती नाच्दा युवाका ताँती लोभले मर्दछन्।

उत्ताउलो पहिरन गहना भद्दा लाजको पसारो
एउटै हो पर्व उस्तै हो समाज देखाउने हतारो
समानता भित्र सद्भाव फुल्छ प्रेमतत्व फक्रन्छ
सज्जन पात्र मुस्कान छर्छ असभ्य डुक्रन्छ।

दिदी र बहिनी, बुहारी सासू मिलेर नाँच्दछन्
को राम्रो नाच्ने चालेर गोडा कम्मर भाँच्दछन्
मनको पीर वेदना वियोग गीतमा पोखेर
पार्वती शिव पुकार्छन् नारी मादल ठोकेर ।

 

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:३५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...