back
CTIZAN AD

बीआरआई देशहरूका लागि उच्चस्तरीय आईपी सम्मेलन आयोजना गर्दै चीन

वि.सं.२०८१ भदौ २० बिहीवार

666 

shares

बेइजिङ । चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।

चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशन (सीएनआईपीए) का अनुसार यस सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई निमन्त्रणा गर्ने भएको छ ।

कार्यक्रममा चीनस्थित दूतावासका प्रतिनिधिहरू, सम्बन्धित विभागका अधिकारी र उद्योग व्यवसायीहरूको पनि सहभागिता रहनेछ । यसमा करिब ४५० जना सहभागीहरूको अपेक्षित उपस्थिति रहेको सीएनआईपीएले उल्लेख गरेको छ । “सहभागीहरूले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन्,”सीएनआईपीएका वरिष्ठ अधिकारी शेङ लीले पत्रकार सम्मेलनमा भने ।

चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षालगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ । यसले ५७ बीआरआई साझेदार देशहरूसँग आईपी सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ ।

बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाइएको छ । सिन्ह्वा

वि.सं.२०८१ भदौ २० बिहीवार ०९:१० मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...