back
CTIZAN AD

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

वि.सं.२०८१ भदौ २० बिहीवार

897 

shares

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार आफ्नो सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको बताएका छन् ।

सोमबारको ३५० हतियार निर्यात इजाजतपत्रमध्ये ३० लाई निलम्बन गर्ने घोषणाले इजरायलको आत्मरक्षाको अधिकारका लागि बेलायतको समर्थनमा आएको परिवर्तनलाई सङ्केत नगरेको स्टारमरले बताए ।

उनले आफ्ना सहयोगीहरूले बेलायतको कदमलाई बुझ्ने विश्वास व्यक्त गरे । “यो एक गाह्रो मुद्दा भएको मैले स्वीकार गरेको छु तर यो नीतिगत निर्णय नभएर कानुनी निर्णय हो”, स्टारमरले भने ।

गाजापट्टीमा हमास लडाकुहरू विरुद्ध इजरायलले गरेको युद्धको सम्बन्धमा विदेश मन्त्रालयले गरेको समीक्षापछि यो निर्णय गरिएको उनले बताए । “हामी निस्सन्देह इजरायलको आत्मरक्षाको अधिकारको पक्षमा उभिनेछौँ तर हामी अन्तर्राष्ट्रिय कानूनको शासनप्रति प्रतिबद्ध रहन महत्वपूर्ण छ”, स्टारमरले भने।

आंशिक प्रतिबन्धले गाजामा हालको द्वन्द्वमा प्रयोग गर्न सकिने लडाकू विमान, हेलिकप्टर र ड्रोनहरू समावेश गर्दछ तर उन्नत एफ–३५ स्टील्थ लडाकू जेटहरूको निर्यात निलम्बन गरेको छैन । बेलायतको यो निर्णयले इजरायललाई आक्रोशित बनाएको छ र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमलाई “लाजमर्दो” भएको बताएका छन् ।

यो कदमले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई सङ्केत गरेको कुरा पनि स्टारमरले अस्वीकार गरेका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार लण्डनले आफ्नो कदमको घोषणा हुनुअघी वासिङ्टनलाई सुचित गरेको बताएका थिए । “हामी अन्य राष्ट्रलाई उनीहरूले इजरायललाई कुन हदसम्म समर्थन गर्ने छन् भनेर निर्णय गर्न दिनेछौँ”, किर्बीले पत्रकारलाई भने । “सार्वभौमसत्ता भनेको यही हो।“

लण्डनमा स्टारमरले सांसदलाई भने “हामीले हाम्रा सहयोगीहरूसँग यस विषयमा कुरा गरेका छौं, उनीहरूसँग फरक कानुनी प्रणाली छ, यही कुरा उनीहरूले राखेका छन ्।” स्टारमर सरकारले उनको पूर्ववर्ती ऋषि सुनाकको प्रशासनको तुलनामा मध्य पूर्व द्वन्द्वमा बढी सूक्ष्म दृष्टिकोण अपनाइरहेको छ । त्यसैगरी बारम्बार युद्धविराम र गाजामा सहायता वितरणलाई तीव्र बनाउन आह्वान गरेको छ, र हमाससँग अक्टोबर ७ को आक्रमणमा कब्जा गरेका सबै बन्धकको रिहाई माग गरेको छ । एएफपी

वि.सं.२०८१ भदौ २० बिहीवार १०:१९ मा प्रकाशित

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...