back
CTIZAN AD

कविता : आ-आफ्नो स्थान

वि.सं.२०८१ भदौ २२ शनिवार

1K 

shares

निम्बतरु, अर्घाखाँची

कुन सामान कहाँ राख्ने
एउटा निश्चितता हुँदोरहेछ
मन तख्तामा राख्नु कि खोपामा
बोजुहरुले खापामा घुसार्थे
र धार्जे बस्थे
बाजेहरुले राख्थे धुरीखाँबोमा मन

निश्चितता हुनुपर्दछ
मूलचौकोमा धरो राख्नुकी कन्दनी
आँटीको एक कुनामा ध्वजा राख्नु कि बत्ती
बाजेहरु काँध छुन दिदैथे जो तोलाई
आमाहरु आँखा देखाउदैन्थे

निश्चितता छ
तब जस्को जहाँ स्थान हो त्यहाँ शोभनीय देखिन्छ
हतपत सिरानीमा खुकुरी राखिन्न
बगैँचामा काँडा
हृदयमा घृणा सुहाउदैन

भनिरहनु र ?
तिमीलाई कहाँ राखेको छु
तिम्रो स्थान कुन हो ?

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:३८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...