back
CTIZAN AD

लघुकथा : बुढो हड्डी

वि.सं.२०८१ भदौ २२ शनिवार

1.6K 

shares

बाबुकाजी सुवाल ’विकेश निराशी’
भक्तपुर

एक महिनाअघि विदेशबाट फर्केको नाति सहनिलाल चारपाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा पर्दै, सोधिन् “बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?”

“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।”, सँगै आएका मान्छेहरूलाई बन्चरोहरू र डोरी सुम्पिँदै सहनिलालले भन्यो ।

“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू, नमास्नू त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ त्यसले । त्यही बारीको आँपले तिमीहरूले खायौ बढ्यौ पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा, नमास ।”, नथुनी बज्यैले गहभरि आँसु पारे गला अवरुद्ध गर्दै भनिन् ।

“अब ती आँपका रूखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” , सहनिलालले बज्यैलाई सम्झायो ।
“हो त नि है ? यो बूढो हड्डीको के काम ?”, नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...