back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ २२ शनिवार

1.1K 

shares

विजय मुखिया बिम्ब,दार्जिलिङ

भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले
दुखायो मन बग्यो आँसु, भिजायौ अश्रुधाराले

तिमीलाई भनेरै हो, गजल कोर्दैछु ए माया
उला सानी तिमी नै हौ, सजाएँ सेर साराले

नदीको दर्द बाढीले, समयमा नै बुझे हुन्थ्यो
भुलेको छैन सहयात्री, बगरलाई किनाराले

मरेको बाघको जुङ्गा, मुसार्ने छन् यहाँ धेरै
खिचौँ फोटो लुकीचोरी नदेखुन् बाघमाराले

चढाई अञ्जुली अर्जी, पुजेकै हो तिमीलाई
बुझेको छैन मन सायद, जनाए छौ नजाराले

बहर – हजज मुसम्मन सालिम
अर्कान – मुफ़ाईलुन मुफ़ाईलुन मुफ़ाईलुन मुफ़ाईलुन
वजन – १२२२ १२२२ १२२२ १२२२
काफिया – आरा
तहलिली रदिफ – ले
अभ्यास – ज्ञानकुञ्ज गजल पाठशाला

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...