back
CTIZAN AD

कविता : इतिहासका साक्षी

वि.सं.२०८१ भदौ २२ शनिवार

1.5K 

shares

पूजन मिश्र, भक्तपुर

यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै,
आदरले शिर झुकाई गरौँ नमन खुबै,
इतिहासका सच्चा साक्षी अनुभवका खानी,
पाप लाग्ला होच्याउँदा आज दुर्बल ठानी ।

जवानीका बडा हाकिम आज नाजुक देख्छु,
आँसु बगाई एकोरिन्छन् तिनका गाथा लेख्छु ,
जवानीको आगो बल्दा सबै हुन्थे वर ,
दृश्य श्रवण घट्तै जाँदा आफ्ना सबै पर ।

घुमिफिरी चक्र उही सबको पालो आउँछ,
जीर्ण शरीर पिँजडामा मनले चारधाम धाउँ छ,
आज बढ्दो विकृतिले नाता टुटाउँदै छ ,
अन्तिम आशा भरोसाको साथ छुटाउँदै छ ।

युवा बच्चा सबको मनमा चेत जाग्नुपर्छ ,
अग्रज मनको सम्मानमा समाज लाग्नुपर्छ ,
समाजबाटै चेतनाको बीज रोप्न थालौँ ,
स्वार्थी मनका पापी जरा उखेलेर फालौँ ।

अग्रज जनलाई राज्यबाटै सम्मान हुनुपर्छ,
सत्कर्मले जेष्ठ मनको मर्म छुनुपर्छ,
घाउ दुख्दा अग्रणीको हामी रुनुपर्छ,
असहाय मनको मैलो सबले धुनुपर्छ ।

छन्द: सवाही

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:४७ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...