back
CTIZAN AD

प्रथम फुटबल पुरस्कार २०२४ ओस्लो यूनाईटेडलाई

वि.सं.२०८१ भदौ ३१ सोमवार

2.7K 

shares

प्रेम परियार, नर्बे । ‘स्वास्थ्य र मनोरंजनको लागी खेल’ भन्ने मूलनाराको साथ स्थापित यूनाईटेड ब्रदर्श नर्वेको आयोजनामा दशै कप २०२४ फुटबल सफलतापूर्वक सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लो शहरको ग्रोरूडको फुटबल मैदानमा यही १५ सेप्टम्बर २०२४ आईतबार सम्पन्न भएको उक्त प्रतियोगीतामा नेपालीहरुको महानपर्व दशैलाई लक्षित गरि आयोजÞना गरिएको हो ।

जसमा पुरुषतर्फ ११ र महिला ४ गरी १५ टिम सहभागी मध्ये ओस्लो यूनाईटेडले प्रथम पुरस्कार जित्न सफल भएको छ ।

 

ओस्लो यूनाइटेड र यूनाईटेड ब्रदर्श ९ टिमलाई पछी पार्दै फाईनल खेलमा पुगेको ओस्लो यूनाईटेडले आयोजक टिम यूनाईंटेड ब्रदर्शलाई २–० ले पराजित गरी नगद, शील्ड, ट्रफÞी र कप प्राप्त गरेको हो ।

नेपाली राष्ट्रिय धून बजाई उद्घाट प्रतियोगिता एनआरएन यूरोप उपसंयोजक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

सो प्रतियोगितामा अतिथि एनआरएन नर्बेका अध्यक्ष बिष्णु गौतम, आईसीसी सदस्य पवित्र बस्नेत, नर्बेमा क्रियाशील विभिन्न क्लब र नेपाली संघ, संस्थाको प्रतिनिधित्व गर्दै यसवर्ष ११ टिमको सहभागीता रहेको थियो । जसमा महिलातर्फ चार टिम मात्र सहभागी थिए ।

प्रतियोगितामा सहभागी १० टिमलाई पछि पार्दै ओस्लो यूनाईंटेड ले २–० को अन्तरले प्रथम भै उपाधि जित्न सफल भएको छ भने आयोजक यूनाईटेड ब्रदर्श नर्वे उपविजेता बनेको हो ।

प्रतियोगितमा महिलातर्फ सहभागी ४ टिम मध्यबाट एनआरएनए नर्बे प्रथम स्थान हासिल गर्न सफल भएको छ भने नेस्को नर्बे उपबिजेता बनेको छ ।

प्रतियोगितामा बेस्ट प्लेयर ओस्लो यूनाइटेडका संजय तामाङ, सबै भन्दा बढ़ी गोल गर्ने यूनाईटेड ब्रदर्शका प्रदर्स भट्टराई, बेस्ट गोल कीपर रुपेश श्रेष्ठ, उदयमान खेलाडी सफल थापा र महिला बेस्ट प्लेयरमा एनआरएन टिमबाट करुणा थापा र फियर खेलको अवार्ड योंग डाडसले हात पार्न सफल भएको छन् ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुखंअतिथि, विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक अभियान्ताहरुको रोहबरमा नगद, शील्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रथम विजेता ओस्लो एण्ड यूनाइटेडले ट्रफी, शील्ड, प्रमाणपत्र सहित नगद १२०००÷– प्राप्त गरेको छ । आयोजक यूनाइटेड ब्रदर्श उप विजेता बनेको छ ।

फुटबल खेलसंगै नेपाली स्वादको खाना ममः, चाउमिन, छोयला ,खाजा र अन्य परिकारको नेपाली स्टल राखिएको थियो ।

आयोजकले पनि उपस्थित सम्पूर्ण दर्शकहरुलाई निःशुल्क नेपाली खाना सेलरोटी अचार र स्वादिष्ठ भोजन वितरण गरेको थियो ।

कार्यक्रम पूर्णरूपमा सफल भएकोले आयोजकका तर्फबाट ई. अभिषेक पोखरेलले सम्पूर्णमा धन्यबाद दिदै आभार गरेका थिए भने प्रतियोगितामा करिव ३०० जनाको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८१ भदौ ३१ सोमवार १८:४५ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...