back
CTIZAN AD

छ दशक पुरानो सिन्धु जल सन्धिमा संशोधन गर्न भारतद्वारा पाकिस्तानलाई सूचित

वि.सं.२०८१ असोज ३ बिहीवार

825 

shares
नयाँदिल्ली ।  एएनआई भारतले छ दशक पुरानो सिन्धु जल सन्धिमा संशोधनका लागि पाकिस्तानलाई औपचारिकरूपमा सूचित गरेको छ ।
किशनगङ्गा र रतले जलविद्युत् परियोजनाहरूसँग सम्बन्धित लामो समयदेखिको विवादले भारतलाई सन्धिमा संशोधनको माग गर्न प्रेरित गरेको छ ।
सन्धिअनुसार सिन्धु, झेलम र चिनाबको पानी पाकिस्तानलाई दिइएको थियो भने पूर्वी नदीहरू रावी, व्यास र सतलजमाथि भारतको अधिकार थियो । भारतलाई नदी प्रवाहमा आधारित परियोजनाहरूबाट विद्युत् उत्पादन गर्ने अधिकार छ ।
यद्यपि पाकिस्तानले बारम्बार यी परियोजनाहरूमा आपत्ति जनाउँदा भारतमा जल प्रवाह प्रभावित भएको छ ।
स्रोतहरूका अनुसार ‘भारतले सन् २०२४ अगस्ट ३० मा सिन्धु जल सन्धि (आइडब्लुटी) अन्तर्गत उक्त सन्धिको समीक्षा र संशोधनको माग गर्दै पाकिस्तानलाई औपचारिक सूचना पठाएको छ, सन्धिअनुसार यसका प्रावधानलाई समयसमयमा दुवै सरकारबीच उक्त उद्देश्यका लागि सम्पन्न विधिवत् अनुमोदन गरिएको सन्धिमार्फत संशोधन गर्न सकिने छ ।’
भारतको अधिसूचनाले परिस्थितिमा मूलभूत र अप्रत्याशित परिवर्तनहरूलाई प्रकाश पार्दछ र यसका लागि सन्धिका विभिन्न धाराअन्तर्गत दायित्वहरूको पुनर्मूल्याङ्कन आवश्यक हुन्छ ।
विभिन्न चिन्ताहरूमा जनसङ्ख्या जनसाङ्ख्यिकीमा परिवर्तन, भारतको उत्सर्जन लक्ष्यहरू पूरा गर्नका लागि स्वच्छ ऊर्जाको विकासमा तीव्रता ल्याउने पर्यावरण मुद्दा र निरन्तर सीमापार आतङ्कवादको प्रभाव समावेश छन् ।
किशनगङ्गा र रतले जलविद्युत् परियोजनासँग सम्बन्धित छुट्टै लामो विवादको पृष्ठभूमिमा उक्त सूचना जारी गरिएको हो ।
यस सम्बन्धमा विश्व बैंकले समान मुद्दामा तटस्थ विशेषज्ञ संयन्त्र र मध्यस्थता न्यायालय दुवैलाई एकैपटक सक्रिय गरेको छ । त्यसैले भारतीय पक्षले सन्धिअन्तर्गत विवाद समाधान संयन्त्रमा पुनर्विचार गर्न पनि आह्वान गरेको छ ।
उक्त अधिसूचनासँगै भारतले पाकिस्तानलाई सन्धिअन्तर्गतका प्रावधानअन्तर्गत सन्धिको समीक्षा गर्नका लािग सरकार–देखि–सरकार वार्ता सुरु गर्न आह्वान गरेको छ ।

वि.सं.२०८१ असोज ३ बिहीवार १०:२२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...