back
CTIZAN AD

छिमेकी क्यामरुनले बाँधबाट पानी छोड्ने भएपछि नाइजेरियाद्वारा बाढीको चेतावनी

वि.सं.२०८१ असोज ३ बिहीवार

801 

shares
लागोस । छिमेकी क्यामरुनले आफ्नो एउटा बाँधबाट पानी छोड्ने भएपछि नाइजेरियाका अधिकारीहरूले यसका मुख्य नदीमध्ये एउटाबाट कम्तीमा ११ राज्य बाढीको जोखिममा रहेको चेतावनी दिएका छन् ।
जलस्रोतको व्यवस्थापन गर्ने सङ्घीय संस्था नाइजेरिया हाइड्रोलोजिकल सर्भिसेज एजेन्सी (एनआइएचएसए) का महानिर्देशक उमर इब्राहिम मोहम्मदले क्यामरुनका अधिकारीहरूले मुलुकको उत्तरी क्षेत्रमा लाग्डो बाँधबाट ‘नियन्त्रित जल छाड्ने’ योजना बनाइरहेको बताए ।
उनले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा सेप्टेम्बर १७ देखि पानी छाड्ने तालिका रहेको बताएका छन् ।
उक्त पानी नाइजेरियाको बेन्यु नदीसम्म आउनेछ र मुलुकको उत्तर–पूर्व, उत्तर–मध्य, दक्षिण–दक्षिण र दक्षिण–पूर्व क्षेत्रका समुदायहरूमा बाढी आउन सक्ने अपेक्षा गरिएको छ ।
“बेन्यु नदी प्रणालीसँग जोडिएका सबै राज्यका लागि बाढीको सम्भावित प्रभावहरू कम गर्न सतर्कता बढाउन र पर्याप्त तयारीका उपाय लागु गर्न अत्यन्त आवश्यक छ”, मोहम्मदले  भने ।
क्यामरुनका अधिकारीहरू बाँधबाट पानी छाड्ने विषयमा टिप्पणी गर्न तुरुन्तै उपलब्ध थिएनन् ।  राज्यहरूलाई तयारी गर्न दिइएको चेतावनीका बाबजुद मोहम्मदले बाँधको पानी छोड्दा आफूले ठूलो क्षति हुने आशा नगरेको बताए ।
नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता इजेकिल मन्जोले कुनै पनि सम्भावित बाढीका लागि तयारी गरिरहेको बताए । “हामीले राज्यहरूलाई चेतावनी दिइरहेका छौँ”, उनले भने ।
व्यापक वर्षा र क्यामरुन बाँध खोल्दा नाइजेरियामा विगतमा ठूलो मात्रामा बाढी आएको छ । सन् २०२२ मा मुलुकमा एक दशकको सबैभन्दा खराब बाढीमा पाँच सयभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १४ लाख विस्थापित भएका थिए ।
नाइजेरियामा पछिल्लो गम्भीर बाढीको प्रकोपमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने उत्तरपूर्वी सहर मैदुगुरीमा चार लाख मानिसलाई उनीहरूको घरबाट बाहिर निकालिएको छ । आपत्कालीन अधिकारीका अनुसार करिब १० लाख मानिस विस्थापित हुनसक्छन् ।
यस वर्ष सेप्टेम्बर १८ सम्म नाइजेरियामा बाढीबाट कम्तीमा दुई सय ८५ जनाको मृत्यु र छ लाख ४० हजारभन्दा धेरै मानिस विस्थापित भएको एनइएमएले प्रकाशित गरेको आँकडामा उल्लेख छ । करिब एक लाख २७ हजार पाँच सय हेक्टर कृषिभूमि प्रभावित भएको छ ।
क्यामरुनको गारौआ सहरदेखि ५० किलोमिटर दक्षिणमा तीन सय मिटरको लाग्डो बाँध सन् १९८२ मा निर्माण सम्पन्न भएको थियो र यसले मुलुकको उत्तरी क्षेत्रमा विद्युत् आपूर्ति गर्दछ । एएफपी

वि.सं.२०८१ असोज ३ बिहीवार १०:२६ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...