back
CTIZAN AD

कविता : आह्वान

वि.सं.२०८१ असोज ५ शनिवार

1K 

shares

स्वर्ण शिखा, दाङ

यहाँ छैनन् केही सुखसयलका साधन भनी
कुनै छैनन् नौला अवसर भनी धीर नबनी ।
हतारोमै गर्छौ किन वतन छोड्ने मनसुवा
तिमी नै अल्पेमा मुलुक कसरी चल्छ र युवा ।।१

खनी खोस्री बारी मलजल गरी रोप अदुवा
हलेदो कोदो जौँ छर गहुँ मकै गाजर उवा ।
गरी खेतीपाती अब मुलुकभित्रै चर युवा
किनेको आटोले कति दिन भुँडी भर्छ र युवा ।।२

गरेनन् नेताले नभन अघि आफैँ बढ तिमी
समस्या जे देख्छौ सबसित स्वयम् नै लड तिमी ।
लिँदैँ जिम्मेवारी कस अब छिटै कम्मर युवा
गुनासोले मात्रै मुलुक कसरी बन्छ र युवा ।।३

ठुलो सानो भन्दै श्रमबिच तिमी भेद नगर
खियाऊ ती नङ्ग्रा अब इलम जे छन् सब गर।
नरोपी माटोमा कुसुम कुन पो खिल्छ र युवा
बसी अल्छी गर्दै रसद कसरी मिल्छ र पुवा ।।४

कि ल्याऊ आफैँले सुगम पथ कोर्ने मत कुनै
कि देखाऊ नौलो पथ प्रगतिको उत्तम कुनै ।
गरी खेदो मात्रै गलत स्थिति सुध्रिन्छ र युवा
सधैँ राँको बाल्दा गति मुलुकले लिन्छ र युवा ।।५

छन्द : शिखरिणी
गण : य म न स भ ल गु
गण सङ्केत : lSS SSS lll llS Sll l S

 

वि.सं.२०८१ असोज ५ शनिवार ०४:४६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...