back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज ५ शनिवार

1.9K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौं

मलाई स्वयम् जिन्दगीले दुखायो
थियो आस जसको त्यसैले डुबायो

पिलायो सुरा आज लाग्ने गरी मात
सखाले मलाई सराबी बनायो

छ धर्ती र आकाश हेर्ने नजर एक
फरक जातको खेल कसले चलायो ?

गजलले सिकायो नियमको लेखाइ
मभित्रै मलाई बहरमा सजायो

लगाइन्छ ताल्चा कतै हुन्छ साँचो
मियो योग्य नहुँदा तमासा बढायो ।

बहरः– मुतकारिब मुसम्मन सालिम
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२ , १२२ , १२२ , १२२
काफिया: आयो
अभ्यास : परिश्रमी पाठशाला ( बहर – छन्दशाला )

वि.सं.२०८१ असोज ५ शनिवार ०४:४४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...