डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौं
मलाई स्वयम् जिन्दगीले दुखायो
थियो आस जसको त्यसैले डुबायो
पिलायो सुरा आज लाग्ने गरी मात
सखाले मलाई सराबी बनायो
छ धर्ती र आकाश हेर्ने नजर एक
फरक जातको खेल कसले चलायो ?
गजलले सिकायो नियमको लेखाइ
मभित्रै मलाई बहरमा सजायो
लगाइन्छ ताल्चा कतै हुन्छ साँचो
मियो योग्य नहुँदा तमासा बढायो ।
बहरः– मुतकारिब मुसम्मन सालिम
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२ , १२२ , १२२ , १२२
काफिया: आयो
अभ्यास : परिश्रमी पाठशाला ( बहर – छन्दशाला )
वि.सं.२०८१ असोज ५ शनिवार ०४:४४ मा प्रकाशित