back
CTIZAN AD

लघुकथाः पायस (सोह्र श्राद्ध विशेष)

वि.सं.२०८१ असोज ५ शनिवार

1.8K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

‘खै पासय तयार भएन ? यता पीण्ड दिने बेला भइसक्यो ।’ आगनबाट श्रीमानको आवाज आयो ।

पितृश्राद्धमा दुबै जोईपोइलाई चटारो थियो । श्रीमानको आवाज सुनेर श्रीमतीले हतार हतार पायस पकाउन लागिन् । उनीहरूको आठ वर्षे छोरा जिज्ञासु हुँदै आमालाई सोध्यो –

‘यो के पकाको आमा’

‘यो पायस हो ।’

उसले अर्थ बुझेन । ट्वाल्ल परेको आमालाई हेरी रह्यो । यो देखेर आमाले अर्थाइन् –

‘यो खिर हो ।’

‘आहा खिर…! मलाई पनि है !’ ऊ उत्साहित भयो ।

‘यो बाबुलाई हैन हजुरबालाई हो ।’

‘हजुरबालाई …….?’ ऊ फेरि सोचमग्न भयो।

‘हो हजुरबालाई । आज हजुरबालाई पायसको पीण्ड खान दिनु पर्छ ।’

श्राद्ध उम्काउन जेनतेन गरेर, छिमेकीसँग उधारो मागेर सामल जोडेका थिए । धेरै दिनदेखि खिर खाने कुरा गरिरहेको छोरालाई यो पटक पनि खुवाउन नसकेकोमा खिन्न मान्दै पायस पकाउन आमा थालिन् ।

आज पनि खिर नपाउने भएपछि छोरोले श्राद्ध गर्दैगरेको बाको छेउमा गएर प्रश्न गर्यो –

‘बा मेरो सराद्दे कहिले गर्ने ?’

 

 

वि.सं.२०८१ असोज ५ शनिवार ०४:४८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...