back
CTIZAN AD

विश्व शेर्पा दिवसको अवसरमा अमेरिकामा डिजे डान्स पार्टी आयोजना हुने

वि.सं.२०८१ असोज ६ आइतवार

1.4K 

shares

अमेरिका । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डेको यस बर्षबाट शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ ।

शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि दिवसको बारेमा सबै जानकारी दिएको हो ।

शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने जानकारी दिए । डिजे डान्स पार्टी कार्यक्रम बर्षिक रुपमा आयोजना हुने र सोही कार्यक्रमको उद्घाटन समारोहमा बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पाले औपचारिक रुपमा प्रमूख अतिथिको रुपमा सहभागी हुने समेत बताए ।

त्यस्तै सल्लाहकार आङ दावा शेर्पाले डिजे पार्टी युथ हरुलाई एकरुपता ल्याउनका लागि महत्त्वपूर्ण कार्यक्रम भएको र अर्का सल्लाहकार आङ फुरी शेर्पाले युथ हरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पाहरुमा राजनीतिक चेतनाको आवश्यक भएको सुझाव दिए ।

बिश्व शेर्पा संघका बरिष्ठ उपाध्यक्ष ङिमा शेर्पाले डिजे पार्टी कार्यक्रम एकदमै राम्रो कार्य भएको जिकिर गरे ।

विश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस” को रुपमा मनाउदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउनु हुन अनुरोध गर्दै विश्व शेर्पा दिवस विश्वभर मनाउने निर्णय गरेको महासचिव आङ जङबु शेर्पाले जानकारी दिए ।

महासचिव शेर्पाले शेर्पाहरुको युवा पिडीलाई डिजेसँग कार्यक्रमसँग जोड्दै शेर्पा संस्कृतिकलाई दोस्रो जेनेरेसन लाई नयाँ पिडिलाई हस्तान्तरण गर्न शेर्पा संघ अमेरिकाले डिजे सहित शेर्पा कल्चर देखाउने शेर्पा समन्धित नादिङ गीतहरू र बिच बिचमा शेर्पालाई अवश्यक उपायोगी प्रबचन तथा धार्मिक कुराहरु अङ्रेजी भाषामा दिएर विसुद्ध रुपमा शेर्पा युवा हरुलाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको बताए । साथै उनले कार्यक्रम अत्यन्तै सरहानिय भएको समेत बताए ।

बिश्व शेर्पा दिवस अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा पनि अक्टोबर ८ कायम गर्नलाई पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिए ।

त्यस्तै ख्यातिप्राप्त नेपालका प्रथम डीजे गायक तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन, बिहान ४ः४७ बजे आरोहण गरी शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा फहराउन सफल भएका थिए ।

कीर्तिमानीको लागि प्रथम डीजे तेन्जिङ शेर्पालाई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा सगरमाथामा चुचरोमा फरफराएकोमा हर्दिक बधाईसहित खादा मालाले सम्मान गर्दै शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामाले पत्रकार सम्मेलन मार्फत धन्यवाद व्यक्त गरेका छन् ।

उक्त डिजे कर्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा संगै न्यूयोर्कको चिरपरिचित डिजे यल एस जङबु शेर्पाले साथदिने बतएका छन् ।

शेर्पा युथहरुलाई एकठाउँमा भेला गर्ने खालको कार्यक्रम आवश्यकता भएको मध्य नजर गर्दै अक्टोबर ८ मा डिजे मार्फत मनोरञ्जन सहित डिजे पार्टी कार्यक्रम गर्ने भएको हो ।

शेर्पा संघ अमेरिकाले पहिलोपटक अमेरिकामै इतिहासमा शेर्पा युवा हरुलाइ समेटिएर यस्तो कार्यक्रम गर्न लागेको र उक्त कार्यक्रम फेम्ली बदभरनमा हुने भएकोल सबैलाई बोस्टन न्यु हेम्सर कनेटकिटेट न्यु जर्सी टेक्सास नर्थकेर्लीन केलिफोरनिय सेटाल कोलाराडो वसिङटन डिसीबाट सहभागी भइदिन समेत अनुरोध गरिएको छ ।

शेर्पा संघ अमेरिकाका सल्लाहकार संरकक्ष कर्यसमिती सम्पु्र्णलाई यो कार्यक्रम सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा शेर्पा संघ अमेरिकाका माहसचिव छिरिङ शेर्पाले अथिति असान ग्रहण गरि सन्चलान गरेका थिए ।

वि.सं.२०८१ असोज ६ आइतवार १०:०० मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...