back
CTIZAN AD

फिप्ना अमेरिकाको सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ असोज १५ मंगलवार

2.5K 

shares

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले फिप्ना सांस्कृति साँझका लागि अतुलनिय योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

बिभिन्न आदिवासी जनजातीहरुको हकहित र समुन्नत भविस्यका लागी जुलाई १९ मा आर्थिक संकलन गर्ने उद्धेश्यसहित गरिएको सांस्कृतिक साझ कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनिय योगदानको कदर गर्दै सेप्टेम्बर २८ मा सम्मान तथा आभार कार्यक्रम सम्पन्न गरेको हो ।

फिप्नाका तत्कालीन अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुबाट आ–्आफ्नो भेसभुसा र संस्कार, संस्कृति झल्कने नाचहरु प्रदान गरेर ठूलो सहयोग गर्ने कलाकारहरु र स्वयम् सेवकहरुलाई अध्यक्ष गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गरीएको थियो ।

सोहि कार्यक्रममा फिप्नाका सघिंय परिषदका प्रत्येक सदस्य संस्थाहरुलाई पनि उच्च सम्मान गर्दै आभारपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा फिप्नाका प्रत्येक सदस्य संस्थाको अध्यक्षहरु तथा संस्थाको प्रतिनीधिहरु, समाजसेविहरु, फिप्नाका सल्लाकारहरु, कलाकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

फिप्नाका महासचिब दिपक चौधरीले संचालन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई फिप्नाका बरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत गरेका थिए ।

कार्यक्रममा फिप्नाका सदस्य संस्था किरात याक्थुम चुम्लुङका अध्यक्ष दीपक थेबेले अमेरिकन आदिवासी नेपालीहरुको मुल संस्था फिप्ना रहेको र मुल संस्थाले गरेको कल्चर गाला कार्यक्रममा उदाहरणीय भएको बताए ।

फिप्नाको सल्लाहकार कुलदिप रानामगरले अमेरिकामा रहेका सम्पूर्ण आदिवासीहरुको समस्या र हकÞअधिकारका लागि फिप्ना डटेर लाग्नुपर्ने र हरेक कुरामा नयाँ पिढीहरुलाई सिकाउदै, सहभागिता गराउदै र फिप्नाको महत्व बुझाउदै अघि बढ्नुपर्छ भन्ने सुझाब दिएका थिए ।

त्यस्तै समाजसेबी तथा युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरीकाका केन्द्रीय उपाध्यक्ष केशव राम राईले फिप्नाको इतिहास मै उत्कृष्ट कार्यक्रम सांस्कृतिक साँझ भएको र यस्तो पृथक कार्यक्रमहरु निरन्तर थप्दै र गर्दै जान सके फिप्नाले अर्को छलाङ मार्न सहज हुने बताए ।

उनले आदिवासी जनजातीहरुको मुद्दाहरुको विषयमा सबै एक भएर आवाज उठाउनुपर्ने बताए ।

उनले नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको उद्धेश्य विसुद्द जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पूर्ण उत्पिडित जातजाती र समुदायको सम्मान अधिकार र हकÞको लागी रहेको बताए ।

कार्यक्रममा उपस्थित द गुरुङ ९तमु० सोसाइटी अफ अमेरीकाका अध्यक्ष ओम गुरुङ र नेपाली अमेरीकन कलाकार संघका अध्यक्ष वसन्ती राईले पनि आफुहरु सधै संस्थासँग नजिक रहेर सहकार्य गर्दै आएको बताएका थिए ।

त्यस्तै फिप्नाको सचिव दाजिमा शेर्पाले कार्यक्रमको कोअर्डीनेटर भएको नाताले केही सानातिना कमीकमजोरीहरुको वावजुत पनि सबैको साथ सहयोगको कारण कार्यक्रम सफल भएको बताउँदै सबैलाई धन्यवाद दिएका थिए ।

अन्तमा कार्यक्रम समापन हुन अघि अध्यक्ष गुरुङले नेपालको एक सुन्दर प्राकृतिक बनावटसंगै आफ्नै मौलिक संस्कृति, भाषाको वृक्षारोपण गरेर फैलिएका मुलबासीको सन्तान आदिवासी जनजाती हामीहरु सदाबहार एकताबद्ध भएर आफ्नो मुद्दाहरुको उठान र हक अधिकार फिर्ता गर्न सदा तदारुक हुनपर्ने कुरामा जोड़ दिए । उनले २०४६ साल तिरबाट आदिवासीहरुले आफ्नो संस्कार संस्कृति र पहिचानको लागी संघर्ष सुरु गरेको भए पनी यो ३५ वर्षसम्म आएर फर्की हेर्दा जस्ताको तस्तै देख्दा दुःख महसुस भएको बताउँदै आफ्ना मुद्दाहरुलाई राजनीतिक रुपमा बलियो गरी उठाउनु पर्ने बताए ।

उनले कल्चर गाला (सांस्कृतिक साझ) को लागि हरदम खट्ने सम्पूर्ण कार्यसमिती, कलाकार, स्वयम् सेवकहरु १८ वटा सदस्य संस्थाहरु प्रायोजकहरु, पत्रकार लगायतलाई धन्यवाद दिएका थिए । अन्त्यमा कार्यक्रमको समापन अध्याक्ष तोरण गुरुङले गरेका थिए ।

 

वि.सं.२०८१ असोज १५ मंगलवार ०८:३२ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...