back
CTIZAN AD

सुभाषितसङ्ग्रह बजारमा

वि.सं.२०८१ असोज १८ शुक्रवार

1.2K 

shares

दाङ । साहित्यकार एकराज शर्मा अधिकारीको सुभाषितसङ्ग्रहको दाङ घोराहीको पत्रकार महासङ्घको हलमा भव्य रूपमा लोकार्पण गरिएको छ ।

रापति साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डा.गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

साहित्यकार पुष्प प्रकाश ज्ञवालीले विमोचित कृतिको समीक्षा गरेका थिए । समीक्षक ज्ञवालीले भने, ‘शुभाषित कृति मातापिताको संस्मरण र सम्मानसहित समाज, जीवन जगतको अथार्थता बोलेको पठनीय सङ्ग्रह रहेको चर्चा गरे । ग्रन्थले मानवता, समाज, शिक्षा र दर्शनलाई रचनात्मक रूपमा उतारेको हुँदा उक्त कृति स्तुत्य, सम्माननीय रहेको बताए ।’

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा समीर, नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य बिसी लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकर्मी, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छविपुरी गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक लिलाधर ओली, पत्रकार वीरेन्द्र ओली लगायतको गरिमामय उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा साहित्यकार नारायण नेपाल, यज्ञबहादुर डाँगी, हरिप्रसाद पौडेल स्वर्णशिखा, दामोदर पौडेल, गोपाल भुसाल अभिलाषी, मधुसुदन गौतम, उमाकान्त पोखरेल, नगेन्द्र गुरु, हरिप्रसाद पाण्डे, अशोक खड्का, धनसिंह गिरी, निमानन्द रिजाल, महेश कुमार न्यौपाने, भोला अधिकारी, खेमराज गाउँले, हुकुम पुनमगर, वीरबहादुर राम्जा पुन, माधव देवकोटा, विप्लव अधिकारी, सुवाष न्यौपाने, तिलक न्यौपाने, देवेन्द्र रिजाल, कमला रिजाल, शिवा शर्मा, नमराज देवकोटा, रोशन पौडेल, वीणा रोका, सुशीला आचार्य, रिमा गौतम, शरदकुमार अधिकारी, गोकर्ण शर्मा, मिना आचार्य, नमराज अधिकारी,विष्णु अधिकारी, श्रीसन अधिकारी, सुसन अधिकारी लगायत साहित्यकार तथा साहित्यानुरागीको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गरेका थिए । परिवारको तर्फबाट साहित्यकार अधिकारीका सुपुत्र श्रीधर अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने संस्थाको तर्फबाट पुस्तकका लेखक एकराज शर्मा अधिकारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

 

वि.सं.२०८१ असोज १८ शुक्रवार २१:२४ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...