back
CTIZAN AD

चीनका राष्ट्रपति सी लगायत विश्वका शक्तिसाली नेताहरु रुसको कजानमा भेला 

वि.सं.२०८१ कात्तिक ७ बुधवार

882 

shares
कजान (रूस) ।  चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुगेका छन् । सम्मेलनलाई क्रेमलिनले पश्चिमी उदार व्यवस्थाको विरोध गर्ने केन्द्रविन्दु बनाउन खोजेको छ ।
रूसी राष्ट्रपति पुटिनका लागि तीन दिने यो सम्मेलनले युक्रेनमा रूसको कारबाहीका कारण रूसलाई एक्ल्याउने अमेरिका नेतृत्वको प्रयासहरूको असफलता देखाउने शक्तिशाली माध्यम पनि प्रदान गर्नेछ ।
क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले ३६ देशको सहभागिता र २० भन्दा बढी देशका राष्ट्र प्रमुखहरूको प्रतिनिधित्वसहित यस शिखर सम्मेलनलाई ‘रूसद्वारा आयोजित सबैभन्दा ठूलो विदेश नीति कार्यक्रम’ भन्दै प्रशंसा गरे ।
सुरुमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका समावेश भएको यो गठबन्धनले द्रुत गतिमा विस्तार गरी इरान, इजिप्ट, इथियोपिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई समावेश गरेको छ। टर्की, अजरबैजान र मलेसियाले औपचारिक रूपमा सदस्यता लिन आवेदन दिएका छन् र केही अन्यले सदस्य बन्न चासो व्यक्त गरेका छन्।
पर्यवेक्षकहरूले ब्रिक्स शिखर सम्मेलनलाई पश्चिमसँगको बढ्दो तनावबीच ग्लोबल साउथको समर्थन प्रदर्शन गर्ने र आर्थिक तथा वित्तीय सम्बन्धहरू विस्तार गर्न मद्दत गर्ने क्रेमलिनको प्रयासको रूपमा हेरेका छन् ।
प्रस्तावित परियोजनाहरूमा विश्वव्यापी बैंक मेसेजिङ नेटवर्क स्विफ्टको विकल्प प्रदान गर्ने र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न र साझेदारहरूसँग व्यापार गर्न अनुमति दिने नयाँ भुक्तानी प्रणालीको सिर्जना समावेश छ।
पुटिनले शिखर सम्मेलनको साइडलाइनमा करिब २० वटा द्विपक्षीय बैठक गर्नुहुने तय छ । यसमा चीनका सी, भारतका मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँगको मङ्गलबारको भेटवार्ता समावेश छ।
शिखर सम्मेलनले सी र पुटिनबीचको नजिकको सम्बन्धलाई रेखाङ्कित गरेको छ । उहाँहरूले रूसले २०२२ मा युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए । मेमा बेइजिङमा र जुलाईमा काजाकिस्तानमा साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा गरी उहाँहरूबीच यस वर्ष कम्तीमा दुई पटक भेट भइसकेको छ ।
भारतको मुख्य प्रतिद्वन्द्वी चीनसँग रूसको नजिकको सम्बन्ध हुँदाहुँदै पनि शीत युद्धको समयदेखि नै भारतले मस्कोलाई परीक्षित साझेदारका रूपमा लिएका कारण रूससँग भारतको सहकार्य पनि फस्टाएको छ।
पश्चिमी सहयोगीहरूले भारतलाई युक्रेनमा युद्ध अन्त्य गर्न मस्कोलाई मनाउन अझ सक्रिय हुन चाहेका छन् तर मोदीले रूसको निन्दा गर्नबाट बच्दै शान्तिपूर्ण समाधानमा जोड दिएका छन् ।
जुलाईमा रूसको भ्रमण गरेका मोदीले यो भ्रमणले दुई देशबीचको घनिष्ठ मित्रतालाई प्रतिबिम्बित गर्ने बताए । पुटिनसँगको बैठकको सुरुमा बोल्दै उनले युक्रेनमा शान्तिका लागि नयाँदिल्लीको प्रयासलाई पनि पुनः पुष्टि गरे ।
पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गरे ।
बिहीबार पुटिनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट  गर्ने कार्यक्रम छ । गुटेरेस दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक रूसको भ्रमणमा आउँदै छन् । उनले युक्रेनमा रूसको कारबाहीको पटक–पटक आलोचना गरेका छन् । एपी

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१५ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...