back
CTIZAN AD

मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

वि.सं.२०८१ कात्तिक ७ बुधवार

561 

shares
कजान (रूस) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र ‘छिटो’ समाधान होस् भन्ने चाहेको बताएका छन् ।
कजान शहरमा कडा सुरक्षाबीच आयोजित तीन दिने सम्मेलन २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयता रूसमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । सम्मेलनमा पुटिनले पश्चिमको ‘प्रभुत्व’ लाई चुनौती दिने उद्देश्यले गठबन्धन निर्माण गर्न खोजिरहेका छन् ।
“रूस र युक्रेनबीचको द्वन्द्वबारे हामी निरन्तर सम्पर्कमा छौँ”, हात मिलाएर अङ्कमाल गरेपछि मोदीले पुटिनलाई भने, “विवादहरू शान्तिपूर्ण रूपमा मात्र समाधान हुनुपर्छ भन्ने हाम्रो विश्वास छ, हामी शान्ति र स्थिरता छिटो बहाली गर्ने प्रयासहरूलाई पूर्ण समर्थन गर्छौँ ।”
पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गर्दै सम्बन्धलाई थप विकास गर्ने प्रतिबद्धता जनाए ।
युक्रेन द्वन्द्व सुरु भएदेखि नयाँदिल्लीले कूटनीतिक सन्तुलन कायम राख्दै किएभलाई मानवीय सहायताको प्रतिबद्धता जनाए पनि रूसको आक्रमणको स्पष्ट निन्दा गर्नबाट बचेको छ।
भारतले आफूलाई सम्भावित मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै मोदीले वार्तालाई प्रोत्साहन गर्ने प्रयासमा अगस्टमा किएभ र जुलाईमा मस्कोको भ्रमण गरे ।
चिनियाँ राष्ट्रपपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित करिब दुई दर्जन अन्य नेताहरू शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ ।
एजेन्डाका मुख्य मुद्दाहरूमा स्विफ्टको विकल्पका रूपमा ब्रिक्स नेतृत्वको भुक्तानी प्रणालीको पुटिनको विचारर मध्यपूर्वमा बढ्दो द्वन्द्व समावेश छन्।अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क स्विफ्टबाट रूसी बैंकहरूलाई २०२२ मा निकालिएको थियो । एएफपी

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:२४ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...