back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक १७ शनिवार

897 

shares

घनश्याम पौडेल, सृजनाचोक, पोखरा

घिसारेर डाँडा कटाऊ मलाई
कि तिम्रो नजरमा अटाऊ मलाई

कतै दुःख पर्यो भने प्रीत जोड्न
बिना सर्त ठाडै घटाऊ मलाई

नखाएर होला म केही नजान्ने
मिठो स्वाद केही चटाऊ मलाई

सधैँ साथ बस्ने सधैँ हात मल्ने
बिकट दूर जिल्ला पठाऊ मलाई

सयौँ बिध्न बाधा भए हुन् मबाट
मिलेसम्म भित्रै ठटाऊ मलाई

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ १२२ १२२ १२२

 

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:२८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...