back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक १७ शनिवार

885 

shares

बिष्णुकुमार बराइली
मिरिक, दार्जिलिङ

श्रमिक रोएर बाँच्दैछन् यहाँ पीड़ा परानीले
चियाबारी सधैँ चल्दैछ शोषण बेइमानीले

दबेका हेर वर्षौ भो श्रमिकको कष्ट हो साँचो
छ मालिक नै यहाँ शोषक नराम्रो दुष्ट बानीले

चिसो के हो खड़ेरी के सहन्छन् बाह्र महिनाको
झरी भो आज भन्दैनन् फरक पार्दैन पानीले

कमाने जिन्दगी गाह्रो खपेकाछन् सयौँ कष्ट
सधैँ हेप्छन् असाध्यै कम्पनीका धुर्त ज्ञानीले

समय बाँच्दै बनौँ एकै यहाँ छाड़ौँ झमेला सब
चियाबारी तिमी रम्छौ सुनौलो त्यो बिहानीले

बहर :हजज मुसम्मन सालिम
अर्कान : मफालुन् मफालुन् मफालुन् मफालुन्
वजन : १२२२ १२२२ १२२२ १२२२
अभ्यास : ज्ञानकुञ्ज गजल पाठशाला
शब्दार्थ : परानी – किरा

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...