back
CTIZAN AD

कविता : भेडा महात्म्य !

वि.सं.२०८१ कात्तिक १७ शनिवार

1.3K 

shares

टिएन भट्ट विश्वामित्र
महालक्ष्मी, ललितपुर

साला !
ऊ पनि देश बनाउने भनेर आयो
र अन्त्यमा आफ्नै महल बनाएर फर्कियो ।

अस्तिन एउटा आयो
देश बनाउने कसम खायो
हामीले पत्याइदियौ
वाकसभरि मत दियौ
बाटो भरि ताली दियौ
पुरानो मुकुट फ्यालिदियौ
साला !
आफ्नै भुँडी बनायो
चोक चोकमा बुढी बनायो
देशको सट्टा टावर बनायो
तिलस्मी पावर बनायो
भेडाहरूको बस्तीमा
विस्वासको औषधि बिकायो
दशकौँ सम्म भ्या भ्या गर्न सिकायो
साला !
देश बनाउछु भनेर आयो
अन्त्यमा आफ्नै महल बनाएर फर्कियो ।

बिचमा अर्को आयो,
गरिबीको जिरा पड्कायो
सर्वहाराको उधारो पसल खोल्यो
समानता बेच्यो, समावेशिता बेच्यो
दरिद्रता बेच्यो
हामी भेडाहरू
रिण काडेर खरिद गर्यौ
ऊ व्यापारी धनी भयो
हामी भेडा गरिब भयौ
तर पनि,
समानताको सपना देखायो
विचरा !
सिंहको आँखामा
भेडाले सपना देख्यो
भ्या भ्या गर्दै ताली बजायो !
साला !
देश बनाउछु भनेर आयो
ऊ पनि आफ्नै महल बनाएर फर्कियो ।

अस्ति भर्खर
चोक चोकमा
वस्ती वस्तीमा
एउटा तोरी आएको छ
पुराना व्यापारी दुकार्दै
देश बनाउने कशम खाएको छ
उसले पनि दयाको सातु वेचेको छ
सहानुभुती ढिडो ओडालेको छ
उसलाई पनि गज्जबले थाहा छ
भेडाको बस्तीमा
हरियो चश्माको व्यपार चल्छ!
एक पेगमा जिन्दावाद चल्छ
अर्को पेगमा मुर्दावाद चल्छ
एक चोक्टामा आगो बल्छ!
अर्को चोक्टामा सत्ता ढल्छ!

थाहा छ उसले पनि देश बनाउछु भन्ने छ
र आफ्नै महल बनाएर फर्किनेछ

भेडाको बस्तीमा,
भेडाहरू,
झुटमा पनि ताली बजाउछन्
कालो पट्टि बाँधेर आँखामा,
भ्या भ्या गर्छन्
चितुवा यसरी नै सिकार गर्छ
भेडाहरू यसलाई सहादत भन्छन्

यो खेल चलिरहनेछ
भेडा गोठमा
जब सम्म भेडाहरू
मान्छे हुनेछैनन्।

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...