back

कविता : सिसाकलमझैँ जिन्दगी

वि.सं.२०८१ कात्तिक १७ शनिवार

420 

shares

भुवन शिवाकोटी “चौघरे”, काठमाडौं

तिमी
लेखिनु मात्रै पर्छ
जीवनको सेतो पानामा
हिलो रङ्ग छाप्नेहरू
बग्रेल्ती भेटिन्छन्

त्यसपछि
तिखार्नेको कमी छैन जीवनमा
मुठार्नेको कमी छैन जीवनमा
कथाको श्रृङ्खला नै त हो
पटक पटक लेखेर मेटाउने इरेजरको पनि
कमी छैन जीवनमा

धारमा घोटी घोटी तिखार्यो
घरि लेख्यो
घरि मेट्यो
फेरि लेख्यो फेरि मेटायो
सादा पानामा
सिसा कलम कै त हो जिन्दगी

हो,
विगत मेटिदैन
वर्तमान देखिन्छ
भविश्य अनजान छ

सपना जस्तो जीवनमा
हजारौ बाधा अड्चन आएपनि
मुस्कुराउन नछोड ।

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३४ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...