back
CTIZAN AD

अमेरिकामा मनाइयो बलिहाङ तङ्नाम

वि.सं.२०८१ कात्तिक १९ सोमवार

774 

shares

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाइएको हो । बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्वको रुपमा लिने गरिन्छ ।

सो अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोलम्बिया युनिभर्सिटीका अन्तराष्ट्रिय तथा तुलनात्मक शिक्षाका एशोसिएट प्रो.डा. प्रेम फ्याकले बलिहाङ तङ्नाम जस्ता मौलिक पर्वहरु रमाइलोका लागि मात्र नभएर विभिन्न जातजाति, धर्म र संस्कृतिसँग जोडिएका नेपाली समुदायबिच अन्तरकृया गर्ने अवसर समेत हुने गरेको बताए ।


उनले यस्ता कार्यक्रमले हामी को हौं भनेर आफ्नो परिचय स्थापित गराउन थप सहयोग पुग्ने बताउदै डा. फ्याकले बालबालिका, युवा, प्रौढ र पाका उमेरका सबैको उपस्थितिले अन्तरपुस्ता सम्वाद सिर्जना गरेको तर्क प्रस्तुत गरे ।

कार्यक्रममा स्थानीय कलाकारहरुले लिम्बु भेषभुषामा लिम्बू जातिहरुको मौलिक बाजा च्याब्रुङ बजाएर केलाङ् प्रसुतुत गरेका थिए भने तुतु तम्याहाङ (बुद्धिजीवि)हरुलाई तोङबा खुवाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रेम मेयाङवाले हाक्पारे साङलो गाएका थिए । उनको हाक्पारेमा अन्य स्थानीय कलाकारहरुले साथ दिएका थिए । त्यस्तै कार्यक्रममा लारिङ्गेत् (देउसी भैलो) तथा यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा लिम्बू संस्कृति झल्किने साँस्कृतिक शो मा ४ बर्षदेखि माथिका बालबालिकाहरुले लिम्बू भेषभुषा तागा र मेख्ली (लिम्बू मौलिक पहिरन) लगाएर स्टेजमा क्याटवाक गरेका थिए ।

नयाँ आउने पुस्तालाई आफ्नो भाषा संस्कार र संस्कृतिको ज्ञान होस भनेर यस्ता कार्यक्रम वर्षेनी चुम्लुङ अमेरिकाले आयोजना गर्दै आएको बताउँदै चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले भावी पुस्तालाई आफ्नो संस्कृति प्रति ज्ञान र लगाव बढाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा बालकालिकाहरु आफैले भट्याएर देउसी खेलेका थिए । कार्यक्रममा नव आगन्तुक सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यकमका साथै डिजेपनि आयोजना गरिएको थियो ।

विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष श्याम मेयाङवो, अधिकारका सह–निर्देशक नर्वदा क्षेत्रीले बलिहाङ तङनामको अवसरमा शुभकामना व्यक्त गरे ।

लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा भाविपुस्तालाई हस्तान्तरण गर्न र जगेर्ना गर्ने उद्देश्यले अमेरिकामा रहेको लिम्बु समुदायले यो पर्व वर्षेनी मनाउँदै आएको बलिहाङ् तङ्नाम कार्यक्रम सम्योजक राम लिम्बुले बताए ।

 

वि.सं.२०८१ कात्तिक १९ सोमवार १७:०२ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...