back
CTIZAN AD

कविता : को चन्द्रमा छुन्छ है ?

वि.सं.२०८१ कात्तिक २४ शनिवार

1.2K 

shares

बिमला चन्द सानू
बैतडी, हाल- काठमाडौं

मैलो के छ र देख्न सक्छ कसले छन् खास के कारण
सेता शैल समानका तनहरू होलान् र निर्धारण
भाग्दैछन् छलछामको विषयमा के भोग गर्छन् कति
जान्दैनन् किन सार खेल भवको मान्छे भएका जति ।१।

लाखौं लाख करोड जीव जगमा जान्छन् तथा आउछन्
गर्छन् कर्म र भोग्दछन् सब कुरा खै स्वाद के पाउँछन्
काट्छन् भाग लगाउछन् जमिनका तेरो र मेरो भनी
गर्छन् युद्ध र जित्दछन् समरमा के मिल्छ स्वार्थी बनी ।२।

कोही मानिस हास्तछन् गजबले भुल्छन् बसेको घर
चल्छन् जाँगर द्वेष राग रिसमा मान्दैन रत्ती डर
बर्सिन्छन् जब अश्रु घोर बलले के न्याय होला भनी
कालो कोट तराजुका कपटमा लुक्दैछ पासो बनी ।३।

झाक्री फुक्छ बदल्छ रूप वयको ठान्दैछु द्यौता छ की
ज्युँदै छन् नरमा पिशाच मनका चल्दैछ रे ढुक्ढुकी
छन् आडम्बर चेतना पशु जसै हाँस्ने भए दर्पण
ज्यादै राम बनेर भन्छ म निको बाकी सबै दुर्जन ।४।

जो छन् आज करोडका महलमा हिँड्छन् नि मागी भिख
चिल्ला कार चढी कतै अदबमा बोक्छन् उनै तारिख
यस्तै आज र भोलीको समय हो थाहा हुँदै हुन्न है ?
राखी स्वार्थ अनर्थ त्यो मगजमा को चन्द्रमा छुन्छ है ?५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
गण सङ्केतःSSS llS lSl llS SSl SSl S

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:२४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...