back
CTIZAN AD

खाद्य सहयोगमा रोक लगाइएपछि उत्तरी गाजामा अनिकाल व्याप्त–प्रतिवेदन

वि.सं.२०८१ कात्तिक २५ आइतवार

702 

shares
रोम ।   उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार पारिएको र शनिबार  सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अनिकाल पुनरावलोकन समितिले जारी गरेको प्रतिवेदनमा ‘गाजा पट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा अनिकाल लाग्ने सम्भावना छ’ देखिएको उल्लेख गरिएको छ ।
“अनिकालको सीमा पार भइसकेको वा निकट भविष्यमा पनि अनिकाल व्याप्त बन्ने सम्भावना देखिन्छ,” प्रतिवेदनमा भनिएको छ ।
सन् २०२५ को नोभेम्बरदेखि अप्रिल २०२५ को बीचमा गाजामा ‘विनाशकारी’ खाद्य असुरक्षाको सामना गरिरहेका मानिसहरूको सङ्ख्या तीन लाख ४५ हजार अर्थात् जनसङ्ख्याको १६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो।
इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) को रिपोर्टले यसलाई आईपीसी फेज ५ को रूपमा वर्गीकृत गरेको छ । यस्तो अवस्था जब ‘भोकमरी, मृत्यु, अभाव र अत्यन्त गम्भीर तीव्र कुपोषणको स्तर स्पष्ट छ।
उक्त प्रतिवेदनपछि गाजाको उत्तरी क्षेत्रमा खाद्य प्रणाली ध्वस्त भएको, मानवीय सहायतामा कमी आएको र पानी र सरसफाइको अवस्था नाजुक भएको समितिले जनाएको छ ।
“यो अनुमान गर्न सकिन्छ कि यी क्षेत्रहरूमा भोकमरी, कुपोषण र अन्य रोगका कारण मृत्युदर अत्यधिक तीव्र गतिमा बढिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी आक्रमणका कारण गाजा पट्टीको ठूलो क्षेत्र तहसनहस भएको छ ।
इजरायली सेनाले अक्टोबरको सुरुदेखि नै गाजा पट्टीको उत्तरी क्षेत्रको ठूलो भूभागमा आफ्नो अभियान तीव्र पारेको छ।
सन् २०२३ को अक्टोबरयता गाजा पट्टीमा प्रवेश गर्न अनुमति दिइएको सहायता सामग्री कुनै पनि समयको तुलनामा कम भएको प्रतिवेदनमा उल्लेख छ ।
कालोबजारीका कारण अत्यावश्यक वस्तुको मूल्य बढेसँगै खाद्यान्नको पहुँच निरन्तर खस्कँदै गएको छ । खाना पकाउने ग्यास दुई हजार ६१२ प्रतिशत, डिजेल एक हजार ३१५ प्रतिशत र दाउरा २५० प्रतिशतले बढेको छ ।
रिपोटमा भनिएको छ, “अत्यावश्यक वस्तुको अत्यधिक उच्च र बढ्दो मूल्यवृद्धिसँगै खाद्यान्न र अन्य आधारभूत आवश्यकताका लागि खरिद वा विनिमय गर्न सक्षम हुने जीविकोपार्जन पूर्ण रूपमा धराशायी भएको छ।”
गत महिना इजरायलले प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (यूएनआरडब्लुए) सँगको सम्बन्ध तोडेकोमा चिन्ता व्यक्त गर्दै गाजामा ‘मानवीय कार्यका लागि अत्यन्त गम्भीर परिणाम’ आउने चेतावनी दिएको थियो ।(एएफपी)

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०८:४१ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...