back
CTIZAN AD

‘मध्यपूर्वभन्दा बाहिर युद्ध विस्तारको खतरा रहेको’ इरानको भनाइ 

वि.सं.२०८१ कात्तिक २५ आइतवार

711 

shares
तेहरान ।  इजरायलले तेहरान समर्थित समूहसँग लडिरहेको ‘गाजा र लेबनानमा जारी युद्ध मध्यपूर्वभन्दा बाहिर’ पनि फैलन सक्ने इरानले बताएको छ।
इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्ध लम्बिँदै जाँदा यसको भौगोलिक रूपमा विस्तार पनि हुने खतरा बढ्दै गएको बताएका हुन् ।
“युद्धको विस्तार र असर पश्चिम एशिया क्षेत्रमा मात्र सीमित छैन, असुरक्षा र अस्थिरता अझ टाढासम्म अन्य क्षेत्रहरूमा पनि फैलन सक्छ भनने विश्वले बुझ्नुपर्छ,” अरागचीले सरकारी टिभीमा प्रसारित एक सम्बोधनमा भने ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक समूह हमासले इजरायलमाथि आक्रमण गरेयता इरानसमर्थित प्यालेस्टिनी लडाकू समूह हमासविरुद्ध इजरायलले गाजा पट्टीमा युद्ध जारी राखेको छ ।
इजरायलले हालै लेबनानमा आफ्नो ध्यान केन्द्रित गरेको छ । इजरायलले लेबनानी लडाकू समूह हिजबुल्लाहसँग सेप्टेम्बरदेखि प्रत्यक्ष युद्ध सुरू गरेको छ । हिजबुल्लाह समूहलाई इरानको आर्थिक र सैन्य समर्थन रहाँदै आएको छ ।
तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमणको जवाफमा इजरायलले २६ अक्टोबरमा इरानका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो। अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको इरानी अधिकारीहरूले बताएका छन्। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट एक जना सर्वसाधारणको पनि मृत्यु भएको छ। अमेरिका र इजरायलद्वारा जवाफी कारबाही भएमा इरानले त्यसको नराम्रो नतिजा भोग्नुपर्ने चेतावनीका बावजुद् पनि तेहरानले प्रतिकार गर्ने जनाएको छ ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले गाजा र लेबनानमा सम्भावित युद्धविरामले इरानको प्रतिक्रियामा असर पार्न सक्ने बताएका छन् ।
“यदि उनी (इजरायली) हरूले युद्धविराम स्वीकार गरेनन् र यस क्षेत्रका उत्पीडित र निर्दोष मानिसहरूको नरसंहार बन्द गरेनन् भने यसले हाम्रो प्रतिक्रियाको तीव्रता र प्रकारलाई आवश्यक गर्न सक्छ,” पेजेस्कियानले यसै महिनाको सुरुमा भनेका थिए ।
बिहीबार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले इजरायललाई आवेगपूर्ण प्रतिक्रिया नदिन चेतावनी दिएका थिए ।
सल्लाहकार अली लारिजानीले सरकारी टेलिभिजनसँग भने, “इजरायलले इरानमा द्वन्द्व ल्याउने लक्ष्य राखेको छ। हामीले यसको पासोबाट बच्न बुद्धिमानीपूर्वक काम गर्नुपर्छ र सामान्य अवस्थामा प्रतिक्रिया जनाउनु हुँदैन।”एएफपी

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०८:४४ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...