back
CTIZAN AD

क्रोएसियामा नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ

वि.सं.२०८१ कात्तिक २५ आइतवार

912 

shares
जाग्रेब । एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ ।
व्यापक आप्रवासन र घट्दो जनसङ्ख्याको सामना गरिरहेको ३८ लाख जनसङ्ख्या भएको युरोपियन युनियन (इयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन सङ्घर्ष गरिरहेको छ ।
परम्परागत रूपमा बाल्कन छिमेकीहरूबाट मौसमी कामदारहरूमा निर्भर क्रोएशियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेष गरी दशौं हजार रोजगारीका लागि लागि नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँका कामदारहरूमा भरोसा गरिरहेको छ।
तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने एक कामदारमाथि शारीरिक आक्रमण गरेको आशङ्कामा पक्राउ परेका चारै जनामाथि ‘घृणाजन्य अपराध’को आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ ।
शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय एक विदेशी नागरिक र एक आक्रमणकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त आक्रमणलगत्तै स्प्लिटमा पनि विदेशी खाना डेलिभरी गर्ने कामदारलाई लक्षित गरी अन्य तीन वटा घटना भएका थिए जसमा एक नेपाली गम्भीर घाइते भएका थिए । अर्का एक जना भारतीय नागरिक थिए भने अन्य दुई जनाको राष्ट्रियता खुलाइएको छैन ।
प्रहरीले तीनै आक्रमणका दोषीको खोजी कार्य जारी राखेको जनाएको छ ।
सन् २०२३ मा क्रोएसियाले इयूबाहिरका करिब एक लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो।
यो वर्ष यो आँकडा अझ बढी हुने बताइएको छ । सरकारले नोभेम्बरसम्म लगभग एक लाख ५० हजार इयूभन्दा बाहिरका नागरिकहरूका लागि वर्क परमिट जारी गरेको थियो।
राजधानी जाग्रेबका प्रहरीले यस वर्षको सुरुमा विदेशी कामदारहरू, विशेष गरी खाद्यान्न डेलिभरी गर्नेहरूमाथि आक्रमणको सङ्ख्या बढ्दै गएको बताएका थिए।
प्रायजसो घटनाहरूमा आक्रमणहरू जातीय नभई डकैतीजन्य थिए। तथापि, आप्रवासीहरूलाई नियमित रूपमा अनलाइनमा सार्वजनिक गर्ने गरिएको छ भने भाषाको अवरोध र बाहिरी व्यक्तिहरूप्रति नकारात्मक दृष्टिकोणले नयाँ श्रम शक्तिको लागि बाधा प्रस्तुत गरेको छ।
क्रोएसियाको कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ जसमध्ये करिब ८० प्रतिशत रोमन क्याथोलिक छन् ।
एएफपी

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०८:४७ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...