back
CTIZAN AD

गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह

वि.सं.२०८१ मंसिर १ शनिवार

957 

shares
जेरुसलेम । हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् ।
“यदि युद्धविराम प्रस्ताव प्रस्तुत गरिन्छ र त्यो इजरायलाई मान्य हुन्छ भने हमास गाजा पट्टीमा युद्धविराममा पुग्न तयार छ, हामी अमेरिकी प्रशासन र ट्रम्पसमक्ष इजरायली सरकारलाई आक्रमण अन्त्य गर्न दबाब दिन आह्वान गर्दछौँ”, हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले भने, “विस्थापित मानिसहरूको फिर्ती, कैदीहरूको आदानप्रदानका लागि गम्भीर सम्झौता, मानवीय सहायता र पुनर्निर्माणको पहुँच दिने गरी गाजा पट्टीबाट प्रस्तुत गरिएको कुनै पनि प्रस्तावले स्थायी युद्धविराम र सैन्य फिर्ताको समझदारीमा पुग्न सहयोग गर्नेछ भनेर हमासले मध्यस्थकर्ताहरूलाई जानकारी दिएको छ ।”
उक्त माग गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि सुरु भएको युद्धविराम वार्ताहरूमा तोकिएका बुँदाहरू हुन् ।
चुनावी प्रचार अभियानमा ट्रम्पले मध्यपूर्वमा शान्तिको वाचा गरेका थिए र इजरायललाई अझ स्वतन्त्रता दिने प्रतिबद्धता जनाएका थिए ।
हमास र इजरायलले वार्तामा ‘गम्भीरता’ नदेखाएसम्म गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि प्रमुख मध्यस्थकर्ताका रूपमा आफ्नो भूमिका निलम्बन गरेको कतारले शनिबार बताएपछि नइमको टिप्पणी आएको हो ।
सन् २०१२ देखि अमेरिकी आशीर्वादमा हमासको राजनीतिक नेतृत्वलाई आफ्नो भूमिमा आश्रय दिएको कतारले गत अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणले सुरु गरेको युद्ध अन्त्य गर्ने लक्ष्यका लागि महिनौँदेखि लम्बिएको कूटनीतिक प्रयासबाटा पछि हट्ने घोषणा गरेको थियो ।
इजरायली आधिकारिक तथ्याङ्कको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार सात सय ६४ मानिसको मृत्यु भएको छ । तीमध्ये धेरै सर्वसाधारण थिए । एएफपी

वि.सं.२०८१ मंसिर १ शनिवार ०८:०९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...