back
CTIZAN AD

जर्मन चान्सलर स्कोल्ज र रूसी राष्ट्रपति पुटिनबीच लामो समयपछि फोन वार्ता 

वि.सं.२०८१ मंसिर १ शनिवार

897 

shares
बर्लिन ।   जर्मन चान्सलर ओलाफ स्कोल्ज र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लगभग दुई वर्षपछि पहिलोपटक शुक्रबार फोनमा एक घन्टासम्म कुराकानी गरेको जर्मन सरकारी स्रोतले बताएको छ । यद्यपि कुराकानीको विषयवस्तु खुलाइएको छैन ।
क्रेमलिन प्रमुख र प्रमुख पश्चिमी मुलुकका प्रमुखबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको हो ।
युरोपेली सङ्घ (इयु) र अमेरिकाले युक्रेनमा आक्रमण गरेकामा रुसमाथि ठूलो प्रतिबन्ध लगाएपछि पुटिनले सन् २०२२ देखि अधिकांश नेटो र पश्चिमी नेताहरूसँग कुरा गरेका छैनन् ।
नाटो समूहभित्र पश्चिमी नीतिको आलोचना गर्दै आएका हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पुटिन सम्पर्कमा छन् ।
जर्मन र रूसी नेताबीचको यो कुराकानी युक्रेनमाथि रूसको पूर्णस्तरको आक्रमणको महत्त्वपूर्ण मोडमा आएको हो ।
सन् २०२२ को फेब्रुअरीमा रुसले सुरु गरेको युद्ध तेस्रो जाडोतिर अघि बढ्दै जाँदा किएभका सेनाहरू बढ्दो दबाबमा छन् ।
जर्मनी युक्रेनको सबैभन्दा ठूलो सैन्य समर्थकहरू मध्ये एक हो । अमेरिकापछि जर्मनी युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने दोस्रो ठूलो देश पनि हो ।
तर चुनावी अभियानमा युक्रेनलाई सहयोगको आलोचना गर्ने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको विजयले वासिङ्टनको निरन्तर समर्थनमा शङ्का खडा गरेको छ ।एएफपी

वि.सं.२०८१ मंसिर १ शनिवार ०८:२३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...