back
CTIZAN AD

इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी 

वि.सं.२०८१ मंसिर ५ बुधवार

777 

shares
तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिएका छन्  ।
पछि कूटनीतिज्ञहरूका अनुसार पश्चिमी राष्ट्रहरूले मङ्गलबार मध्यरातपछि एजेन्सीको भियना मुख्यालयमा प्रस्ताव पेश गरेका छन् ।
बुधबार मन्त्रालयको विज्ञप्तिअनुसार अराघचीले आफ्ना फ्रान्सेली समकक्षी जीन–नोएल बारोटसँग कुरा गर्दै ‘जर्मनी, फ्रान्स र बेलायतका तीन देशले मस्यौदा पेस गर्ने निर्णयको कडा निन्दा गरे’ र यसले ‘मामिलालाई अझ जटिल मात्र बनाउनेछ’ भन्दै चेतावनी दिए ।
कूटनीतिज्ञहरूले पेरिस, बर्लिन र लन्डनले बिहीबार मतदानका लागि प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् ।
उनीहरूका अनुसार प्रस्तावित निन्दा इरानलाई आणविक नियमहरूको पालना गर्न र आइएइएको दीर्घकालीन चिन्ताहरूलाई सम्बोधन गर्न कूटनीतिक दबाब बढाउने आवश्यकताले प्रेरित छ ।
अराघचीले आफ्नो टेलिफोन वार्तामा युरोपेली शक्तिहरूको यो कदम ‘इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणसँग स्पष्ट विरोधाभास’ भएको पनि बताए ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसी नोभेम्बर १३ मा दुई दिने भ्रमणका लागि तेहरान पुगेर फोर्डो र नतान्जमा रहेका इरानका प्रमुख संवर्धन स्थलहरूको भ्रमण गरेका थिए । इरानले यस भ्रमणलाई सकारात्मक मानेको थियो ।
तर इरानी आणविक प्रमुख मोहम्मद एस्लामीले आफ्नो आणविक कार्यक्रमलाई लक्षित गर्ने कुनै पनि ‘हस्तक्षेपकारी प्रस्ताव’ विरुद्ध चेतावनी दिँदै ‘तत्काल प्रतिकार्य’ को धम्की दिएका छन् ।
एजेन्सीले मङ्गलबार एएफपीले देखेको एक गोप्य प्रतिवेदनअनुसार इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।
– तनाव –
इरान र एजेन्सीबीच सन् २०१५ को सम्झौता पश्चात् पटक–पटक तनाव बढेको छ । आइएइएले प्रतिबन्ध हटाउने बदलामा तेहरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने व्यवस्था गरेको थियो ।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा सम्झौताबाट संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि र इरानमाथि भारी प्रतिबन्धहरू पुनः लागु गरेपछि यो सम्झौता भङ्ग भयो ।
जवाफमा तेहरानले सम्झौताअन्तर्गतका आफ्ना जिम्मेवारीहरूबाट पछि हट्दै संवर्धना स्तर ६० प्रतिशतसम्म बढायो । यो आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमानजिक छ ।
यद्यपि आणविक विकासहरू नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि भएको भन्दै इरानले सधैँ आणविक हतियार खोजेको कुरालाई अस्वीकार गरेको छ ।
आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो ।
इरानले हालैका महिनाहरूमा समृद्ध युरेनियमको भण्डार बढाएको एजेन्सीले मङ्गलबार बताएको छ । यो सन् २०१५ को आणविक सम्झौतामा तोकिएको सीमाभन्दा ३२ गुणा बढी पुगेको छ ।
अक्टोबर २६ सम्म भण्डार छ हजार ६०४.४ किलोग्राम रहेको अनुमान गरिएको छ । यो अगस्टको अन्तिम त्रैमासिक प्रतिवेदनभन्दा ८५२.६ किलो बढी हो ।
बिहीबार अराघचीले भ्रमणमा रहेका आइएइए प्रमुखलाई इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ को आधारमा ‘वार्ता गर्न तयार’ रहेको तर ‘दबाब र धम्कीको अधीनमा वार्ता गर्न तयार नरहेको’ बताएका थिए ।
उनले शनिबार पनि तेहरान विरुद्धको प्रस्ताव पारित भयो भने इरानले ‘हाम्रो आणविक कार्यक्रममा नयाँ उपायहरू लिनेछ जुन उनीहरूले निश्चित रूपमा मन पराउने छैनन्’ भने ।
अनुभवी कूटनीतिज्ञ अराघची सन् २०१५ को आणविक सम्झौतामा पुग्ने वार्तामा इरानका मुख्य वार्ताकार थिए । एएफपी

वि.सं.२०८१ मंसिर ५ बुधवार १७:३९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...