back
CTIZAN AD

आणविक हतियारको व्यापक प्रयोगमा पुटिनको आदेशपछि ‘शान्त’ र ‘संयम’ रहन चीनको आग्रह 

वि.सं.२०८१ मंसिर ५ बुधवार

717 

shares
बेइजिङ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक धम्की दिएपछि र युक्रेनले पहिलो पटक आफ्नो क्षेत्रमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि चीनले बुधबार ‘शान्त’ र ‘संयम’ गर्न आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा नीति परिवर्तन गर्ने र किएभलाई पहिलोपटक रुसी भूभागमा प्रहार गर्न अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेकामा मस्कोले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ ।
पुटिनले मङ्गलबार एउटा आदेशमा हस्ताक्षर गरे जसले मस्कोलाई आणविक शक्तिहरूको समर्थन भएको आवस्थामा युक्रेन जस्ता गैर–आणविक राज्यहरू विरुद्ध आणविक हतियार प्रयोग गर्न अनुमति दिन्छ ।
आदेशपछि एक वरिष्ठ अधिकारीले मङ्गलबारको सुरुमा रसियाको ब्रायन्स्क क्षेत्रमा आक्रमण एटिएसिएस क्षेप्यास्त्रहरूद्वारा गरिएको बताए । यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए ।
बुधबार बेइजिङले तनाव कम गर्न आह्वान गरेको थियो ।
“वर्तमान परिस्थितिमा सबै पक्ष शान्त रहनुपर्छ र संयम अपनाउनुपर्छ, तनाव कम गर्न र रणनीतिक जोखिमहरू कम गर्न संवाद र परामर्शको माध्यमबाट मिलेर काम गर्नुपर्छ”, विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले रुसभित्रको आदेश र आक्रमणको बारेमा सोधिएको प्रश्नमा भने, “स्थिति तनावमुक्त बनाउन र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षलाई प्रोत्साहित गर्ने चीनको दृष्टिकोण अपरिवर्तित छ, चीनले यस सन्दर्भमा रचनात्मक भूमिका निर्वाह गर्न जारी राख्नेछ ।”
ह्वाइट हाउस, बेलायत र युरोपेली सङ्घले पुटिनको आणविक आदेशलाई ‘गैरजिम्मेवारपूर्ण’ भन्दै निन्दा गरेका छन् ।
रियो दि जेनेरियोमा जी–२० शिखर सम्मेलनपछि पत्रकारहरूसँग कुरा गर्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आफूले जी–२० मा भएको बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पुटिनसँगको ‘आफ्नो सबै प्रभाव प्रयोग गर्न’ आग्रह गरेको बताए ।
म्याक्रोनले रुसको सहयोगी चीनसँग ‘राष्ट्रपति पुटिनसँग वार्ता गर्ने क्षमता छ ताकि सीले युक्रेनमा आक्रमण रोक्न सक्नुहोस्’ भने ।
चीनले आफूलाई युक्रेन युद्धमा तटस्थ पक्षको रूपमा प्रस्तुत गर्छ र संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत कुनै पनि पक्षलाई घातक सहायता नपठाएको बताउँछ ।
तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक सहयोगी रहिआएको छ र नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सक्षमकर्ता’ का रूपमा चित्रण गरेका छन् । बेइजिङले रुसको कहिल्यै निन्दा गरेको छैन । एएफपी

वि.सं.२०८१ मंसिर ५ बुधवार १७:४२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...