back
CTIZAN AD

कविता : उपहार

वि.सं.२०८१ मंसिर २२ शनिवार

1K 

shares

छविलाल कोपिला, मजगाउँ, दाङ

कमरेड !
आज तिमीलाई मेरो यो उपहार
दिनु त मसँग अरु केही छैन
म दाम चढाएर ढोग्न पनि सक्दिन
घाम लुकाएर भाग्न पनि सक्दिन
बस् ! मसँग यही एउटा कालो झण्डा छ
जो तिमीलाई खुब सुहाउँछ
जे जस्तो भएपनि स्वीकार्नु ल !

कालो झण्डा
तिम्रो टोपीसँग पनि मिल्छ
तिम्रो कोटसँग पनि मिल्छ
जुत्ता त झन दुरुस्तै कालो छ
त्यसो त कालोसँग
तिम्रो छाँयाको सम्बन्ध पनि मधुर छ
माया पनि उसैगरी प्रगाढ छ
त्यसैले तिमीसँग जे–जे कुरा मिल्छ
ठ्याक्कै हिसाब–किताब मिलाएर
यो उपहार पठाएको हुँ ।

सूर्यास्त पछि
औंसीको रात निस्पट्ट अँध्यारो हुन्छ
अँध्यारो पनि कालो, कालो लाग्छ
आगो बलेर काठ, इन्धन अंगार बन्छन्
अंगार पनि कालो हुन्छ
चक्का जाम, आन्दोलनमा
जसरी सडकमा टायर बालिन्छ
बाल्दा टायरको धुवाँ पनि कालो हुन्छ
ठ्याक्कै मैले तिमीलाई सम्झें
तिम्रो आचरण, स्वभाव सम्झें
तिमीलाई सुहाउला पनि
त्यसैले उपहारको यो कालो झण्डामा
केही औंसी, केही अंगार
र केही धुवाँ राखेर पठाएको छु
सहर्ष स्वीकार गर्नू ।

रगत रातो हुन्छ
रातो रगत शहीदको प्रतीक
क्रान्तिको प्रतीक
तर, रगत सुक्यो भने कालो हुन्छ
कालो तिमीलाई मन पर्छ
अँध्यारो पनि तिमीलाई मन पर्छ
त्यसैले यो कालो झण्डा पठाएको हुँ
किन कि,
रातो अनुवाद भएर कालो भएको हो
तिमीलाई रातो मन पर्दैन
र, मैले पनि कालो नै पठाएको छु
यो सानो उपहार
मनैदेखि स्वीकारी दिनू ।

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:४६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...