back
CTIZAN AD

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

वि.सं.२०८१ माघ १० बिहीवार

2.3K 

shares

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ ले सम्मान गरिएको छ ।

अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा हेल्लो अमेरीका मिडियाका एडिटर समेत रहेका कार्कीसहित सातजना सञ्चारकर्मीलाई फस्ट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरेको हो ।

न्युयोर्कमा आयोजित एक विशेष समारोह मिडियालाई समुदायमा जोड्न अतुलनीय भूमिका खेलेवापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ ।

अवार्डसँगै न्युयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ ।

कम्युनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका छन् ।

न्युयोर्कमा स्टुडियो रहेको नेपाली मिडिया हेल्लो अमेरीकामा बरिष्ठ निर्देशक किशोर सुव्वा, सहनिर्देशक टोमा लामा, लोकप्रिय प्रस्तोता सुमन थाम्सुहाड लिम्वु रहेका छन भने न्युयोर्क तथा वरिपरीका राज्यहरूमा सक्रिय र अमेरीकामा वसेका नेपालीहरूको वास्विक कथा संसारभर पुर्याउने काम हेल्लो अमेरीका मिडियाले गरिरहेको, त्रिवेणी टाइम्सका संचालक नवराज केसीले वताए ।

 

वि.सं.२०८१ माघ १० बिहीवार १४:४८ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...