
मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर
बुढा भएका वरपीपल सँगै बसेर उनले चारैतिर नजर दौडाए । आसपास कोही थिएनन् । केही क्षणको थकान मेटाइ पछि थर्थराउँदो हातले लौरो समाए उठेर हिँड्न लागे । दुई पाइला सारेपछि फेरि टक्क अडिए र आफ्नो छायाँलाई एकोहोरो हेरर मुस्कुराउँदै प्रश्न गरे–
“सधैँ कति हिड्छस् मसँग ?”
छायाँले पनि हाँस्दै जवाफ दियो– “तँसँग हिड्ने अरूको नै छ र?”
वि.सं.२०८१ माघ १२ शनिवार ०५:३६ मा प्रकाशित