back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ फागुन १० शनिवार

1.4K 

shares

ताराप्रसाद चापागाईँ
धुनिबेसी, धादिङ

१.
उनेर काव्य सारा
चम्किन्छ कवि मन
बनेर सुन्दर तारा ।

२.
छक्क परेँ हेरि
मन दुख्यो धेरै
सपना टुट्यो फेरि ।

३.
बादल आयो कालो
पानी झर्यो हल्का
भिज्यो मनको जालो ।

४.
समय बित्छ छिटो
माया छैन मनमा
ज्यान भयो सिटो ।

५.
चिसो हावा चल्यो
एक्लै बित्यो रात
मन त्यसै गल्यो ।

६.
आँखा रसाए फेरि
सपना टुटे सबै
आफ्नै बरबादी हेरी ।

७.
धेरै झरी प¥यो
थाले आँखा रुझ्न
मन त्यसै म¥यो ।

८.
छैन कुनै चाहाना
उड्दैछ टाढा मन
अल्छिको अनेकन् बाहाना !

९.
क्षमता बेगर मच्चियो
बेतालको मान्छे आज
अन्यौल भई थच्चियो।

१०.
थामेर छोड्यौ हातहरू

पलपलमा मुर्छिन्छ जिन्दगी
सम्झिएर मायाका बातहरू।

 

वि.सं.२०८१ फागुन १० शनिवार ०५:११ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...