काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति तय भएको छ ।
बिक्री प्रबन्धकका अनुसार यहि शुक्रबार अर्थात चैतको १ गते बाडफाँड हुने भएको हो ।
कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १८ लाख ८२ हजार ४२२ जनाले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ता माग गर्दै आवेदन दिएका थिए । आवेदनबाट २ अर्ब ३४ कराड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। बाँडफाँडमा भाग्यशाली १९ हजार ५७७ जनाले १०÷१० कित्ता शेयर हात पार्नेछन् भने बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात हुनेछन् ।
वि.सं.२०८१ फागुन २८ बुधवार १२:२७ मा प्रकाशित





























