back
CTIZAN AD

चारु

वि.सं.२०८१ चैत १६ शनिवार

1.3K 

shares

स्वर्ण शिखा , दाङ

उनले छुँदा भोजन पानी गरेजस्तो लाग्छ
ती हातले भोक तिर्खा हरेजस्तो लाग्छ

बोल्दा उनी चुनी चुनी शब्द मीठा मीठा
अधरबाट सुधा रस नै झरेजस्तो लाग्छ

बिरसिलो जिन्दगीमा प्रिया आएदेखि
पलाँसमा सुगन्ध नै भरेजस्तो लाग्छ

हेर्छिन् उनले जब तनमा डुलाएर आँखा
मृग आई यो वदनमा चरेजस्तो लाग्छ

मेरै बम्ब आँखाभित्र देख्ने गर्छु हेर्दा
ती नयनका जालमा म परेजस्तो लाग्छ

वि.सं.२०८१ चैत १६ शनिवार १०:०१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...